छात्रा हत्या गरेको आरोपमा प्रधानाध्यापक गिरफ्तार
नाम्खा गाउँपालिका-५ महावौद्ध विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ वर्षीया सिचुडोमा लामाको हत्या गरेको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक सर्केगाड गाउँपालिका-६ का ४० वर्षीय धनलाल रोकायालाई फागुन २ गते प्रहरीले गिरफ्तार गरेको छ ।
नाम्खा गाउँपालिका-५ स्थित कैलाश मानसरोवर चिल्ड्रेन अफ हुम्ला नामक होस्टेलमा बसेर महावौद्ध माविमा एसइई परीक्षाको कक्षा लिँदै आइरहेकी बालिकालाई प्रधानाध्यापक रोकायले जबरजस्ती गर्भ बोकाएको आरोप परिवारले लगाएको छ ।
होस्टलमा प्रअ रोकायासँगै मृतक सिचुडोमा र अन्य दुई जना बालिका सँगै बस्दै आएका थिए । मृतक बालिकालाई प्रधानध्यापक रोकायाले जबरजस्ती गर्न खोज्दा पुस २३ गते राति एक बजे होस्टेलबाट भागेर कर्णालीको भीर जङ्गलको बाटो काटेर घर आएको उनका परिवारको भनाइ छ ।
'छोरीलाई घरमै बसेर पढ्न भने पनि प्रअ रोकायाले विद्यालय नफर्किएमा घरमै लिन आउने, आफैँ हत्या गर्ने र एसइईमा प्राटिकल नम्बर कम दिएर फेल गराउने धम्कीसमेत दिएको मृतक लामाले आमालाई बताएकी थिइन् ।'-बावु लोण्डो मिगुर लामाले भने ।
माघ ७ गते सिचुडोमा लामाको उपचारका क्रममा पोखराको मणिपाल अस्पतालमा मृत्यु भएको थियो । सिचुडोमा अचेत भएपछि प्रधानाध्यापक रोकायाले कसैलाई जानकारी नगरी हेलिकप्टरमार्फ पोखरामा पुर्याएको मृतक बालिकाका बुवाले बताए ।
मृतक सिचुडोमा लामालाई प्रअ रोकायाले पटकपटक यौन दुर्व्यवहार गर्दै आइरहेको र मोबाइलमा विभिन्न किसिमका फोटाहरू समेत खिच्ने गरेको अन्य विद्यार्थीले आरोप लगाए ।
जिल्ला प्रहरी कार्यालयमा भने आफन्तले माघ १६ गते दिएको उजुरीले माघ २६ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलप्रसाद नेपलले बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…