छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकहरूलाई कारबाही नभएको भन्दै विद्यार्थीद्वारा विद्यालयमा प्रदर्शन र तोडफोड
छात्राहरूमाथि यौन दुर्व्यवहारको आरोप लागेका तीन जना शिक्षकलाई कारबाही नभएको भन्दै बागमती गाउँपालिका–८ मा रहेको जनता मावि फापरबारीका विद्यार्थीले ०७८ चैत २२ गते विद्यालयमा विरोध प्रदर्शन र तोडफोड गरेका छन् ।
विद्यालयका शिक्षकहरू रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकले कक्षाकोठामा रहँदा गलत नियतले संवेदनसील अङ्गहरूमा छुने, अपशब्द बोल्ने गरेको कक्षा ९, १० र ११ मा अध्ययनरत १५ जना भन्दा बढी छात्राहरूको आरोप छ ।
सरहरूको कक्षामा बेन्चको छेउमा समेत बस्न डरमर्दो हुने गरेको छात्राहरूको भनाई छ । तीन जनै शिक्षकहरूले पछिल्लो डेड महिनादेखि छात्रामाथि यौन दुर्व्यवहार गरेको भनी ०७८ चैत १४ गते विद्यालयमा निवेदन दिएका थिए ।
निवेदनमा छलफल गर्न चैत २२ गते विद्यालय परिसरमा बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै आक्रोशित विद्यार्थीहरूले तोडफोड गरेका हुन् ।
तोडफोडबाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रध्यानाध्यापक बसन्त राईले बताउनु भयो ।
स्थानीय समेत रहेका तीनै जना शिक्षक केही दिनदेखि बिदामा बसेको जानकारी आएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले बताउनुभयो ।
उहाँले प्रहरीमा कुनै उजुरी नआएको बताउँदै घटनाको आवश्यक थप अनुसन्धान भइरहेको बताउनुभयो ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…