छात्रावासमा शारीरिक यातना, घटनाका आरोपित गिरफ्तार

  ०७८ पुस ७ गते

६ वर्षीय बालकलाई शारीरिक यातना दिएको आरोपमा प्रहरीले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका–२ घर भइ पोखरा –१४ बस्दै आएकी २७ वर्षीया जानुका नेपालीलाई पुस ६ गते गिरफ्तार गरेको छ ।

पोखरा महानगरपालिका–१५ गलेश्वर चोक स्थित न्यू लाईफ स्कूलको छात्रावासमा बस्दै आएका पीडितले राति सुत्दा ओछ्यानमा पिसाब फेर्छन भन्दै आरोपित वार्डेनले पीडितको लिङ्गमा रबर बाँधेर यातना दिने गरेको भन्दै छात्रावासका सञ्चालकले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस ६ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यलय कास्कीका निमित्त डिएसपी दिपक केसीले जानकारी दिनुभयो ।

आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य उपचार पुस ६ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।


सुशन घिमिरे