छात्राबासबाट निष्कासन गरिएकी छात्राको शव नदिको किनारमा फेला
खार्पुनाथ गाउँपालिका–२ थाली घर भइ नाम्खा गाउँपालिका–४ स्थित माहाबौद्ध माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत र सोही ठाउँको हिमालयन चिल्ड्रेन सोसाइटी छात्राबासमा बस्ने १६ वर्षीया सुजाता रावलकाे ०८० मङ्सिर ४ गते खार्पुनाथ गाउँपालिका–१ स्थित बोक्चे गौँडा नजिक रहेको कर्णाली नदिको किनारमा शव फेला परेको छ । छात्रालाई हिमालयन चिल्ड्रेन सोसाइटी छात्राबासले असोज ११ गते निष्कासन गरेको थियो ।
छात्रावासबाट निष्कासन गरेर सदरमुकाम सिमकोटमा आफ्ना भिनाजुको घरबाट असोज १३ गते सम्पर्क विहिन भएको भन्दै भिनाजु चिन बोहराले सोही दिन खोजविनका लागि जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी गरेको डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।
सम्पर्क विहीन भएको झण्डै १ महिना २३ दिन पछि शव फेला परेको छ । मृतकका भिनाजुले नाम्खा गाउँपालिका–४ यालवाङ स्थित हिमालयन चिल्ड्रेन सोसाइटी छात्राबासका शिक्षक र शिक्षिकाले शरीरिक तथा मानसिक तनाव दिएपछि मृत्यु बाटो रोजेकोे आरोप लगाउनुभयो ।
शवको पोष्टमार्टम ०८० मङ्सिर ५ गते जिल्ला अस्पतालकमा भएको अस्पताल प्रमुख प्रेम बहादुर सिंहले जानकारी दिनुभयो ।
घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खनालले बताउनुभयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
१६ दिवसीय अभियानको अवसरमा र्याली तथा संवाद कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितताः महिला बालबालिकामा लगानीको ऐक्यवद्धताू भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसीय महिला हिंसा विरुद्धको अभियानको क्रममा…
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…