छात्रामैत्री शौचालय नहुँदा बालिकाहरूको पढाइ प्रभावित
जिल्लामा सञ्चालित अधिकांश विद्यालयहरूमा छात्रामैत्री शौचालय नहुँदा बालिकाहरूले आफूहरूको पढाइ प्रभावित भएको गुनासो गरेका छन् ।
छात्रामैत्री शौचालय नहुँदा महिनावारी भएका बेला विद्यालय जान नपाएकाले पढाइ प्रभावित भएको बालिकाहरूले गुनासो गरेका हुन् ।
जिल्लाका रहेका ५ सय ४५ विद्यालयहरूमध्ये थोरैमा मात्र छात्रामैत्री शौचालय छन् । तर, तिनीहरू पनि पानीको अभावका कारण अहिले प्रयोगमा आउन नसकेको जिल्ला बाल सञ्जालकी अध्यक्ष सीता भट्टले बताए ।
शैक्षिक सत्र ०७३ को तथ्याङ्क अनुसार जिल्लामा ८२ हजार विद्यार्थी छन्, जसमध्ये ४६ हजार छात्राहरू छन् ।
पछिल्लो समय महिनावारी हुँदा विद्यालय पठाउनु हुँदैन भन्ने रूढीवादी सोचमा केही परिवर्तन आएको भएपनि महिनावारी भएका बेला शौचालयको उपलब्धता नहुने कारण छात्राहरूको उपस्थिति दरसमेत कम भएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शङ्करदत्त भट्टको भनाइ छ ।
महिनावारी भएका बेला बढी सरसफाई गर्नुपर्ने र सेनटरी प्याडको समेत आवश्यकता पर्ने भएपनि अहिले बैतडी जिल्लामा पानीको अभावका कारण भएका शौचालयसमेत प्रयोगमा आउन नसक्दा विद्यालयमा अध्यनरत छात्राहरूका साथसाथै आफूहरूसमेत समस्यामा पर्ने गरेको स्थानीय शिक्षिका पार्वती भट्टको भनाइ छ ।
'महिनामा चार दिन अनुपस्थित हुने भएकाले उनीहरूको पढाइमा समेत खस्किँदै छ ।'-विद्यालय निरीक्षक हरी नाथले भने ।
बाल सञ्जाल र बाल क्लबमार्फत सङ्गठित भएका किशोरीहरूले सरोवारवाला निकायसँग (जिल्ला शिक्षा, अन्य सङ्घ संस्था) जिल्लामा रहेका प्रत्येक निमावि, मावि र उच्चमाविहरूमा सेनेटरी प्याडसहित पानीको उपलब्धता भएको छात्रामैत्री शौचालयको माग गरेका छन् ।
नरी बडु
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…