छात्रामैत्री शौचालय नहुँदा छात्राहरु महिनाको चार/पाँच दिन अनुपस्थित
बाजुराको त्रिशक्ति उच्च माविमा शौचालय व्यवस्थित नहुँदा र छाउपडी कूप्रथाका कारण महिनावारीको समयमा छात्राहरू हरेक महिना चार/पाँच दिन गयल हुने गरेका छन् ।
महिनावारी भएको समयमा विद्यालयमा प्याड व्यवस्थापन र शौचालयमा पानीको व्यवस्था नहुँदा गहल हुनुपर्ने बाध्यता रहेको त्रिशक्ति उच्च मावि कक्षा दशमा अध्ययनरत छात्रा माया रावलले बताइन् ।
'महिनावारी भएको सात दिनसम्म घरमै अलग्गै बस्नु पर्ने समस्या त छँदैछ । विद्यालयमा पानी र प्याड व्यवस्थापन नहँदा पढाइसमेत छाड्न बाध्य छौँ ।'-उनले भनिन् ।
कक्षा १० मा अध्ययनरत नीरा बडुको चिन्ता पनि उस्तै छ । उनले भनिन्-'शौचालय भएपनि पानी छैन । छात्राहरूका लागि अलग्गै शौचालय छैन । अनि घरैमा बस्नुको विकल्प अरु के छ त ?'
कक्षा १० मा अध्ययनरत सरीता बानियाले विद्यालयमा शौचालय र अन्य व्यवस्थापन नभएका कारण विद्यालय जान मन नलाग्ने गरेको बताइन् ।
त्रिशक्ति उमाविमा ३ सय ५७ जना छात्राहरू रहेका छन् । ति मध्ये १ सय भन्दा बढी छात्राहरूको महिनावारी हुने गरेको विद्यालयले जनाएको छ । विद्यालयमा छात्रा शौचालय नहुँदा महिनावारी भएका छात्राहरूको उपस्थिति अनियमित हुने गरेको शिक्षिका सत्यकुमारी थापाले बताइन् । उनले भनिन्-'शौचालय भएपनि पानी अभाव र व्यवस्थापनका कारण प्रयोगविहीन छन् ।'
त्यस्तै उत्तरी क्षेत्रको कोल्टिमा रहेको जनप्रकाश उच्च माविमा पनि छात्रमैत्री शौचालय नहुँदा महिनावारी भएको बेला छात्राहरू विद्यालयमा आउने गरेका छैनन् । 'विद्यालयमा बनेका शौचालय प्रयोगविहीन छन्, महिनावारी भएको बेला उनीहरूलाई अप्ठ्यारो हुने भएकाले विद्यालयमा उपस्थित हुँदैनन् ।'-विद्यालयकी शिक्षिका सगुन्तला भुर्तेलले भनिन् ।
कक्षा १० मा अध्यनरत सन्तोषी रोकायाले भनिन्-'महिनावारी भयाका बेला ६ दिनसम्म विद्यालय आउँदैनौँ । त्यो बेला खुन धेरै बग्दो छ । समस्या हुने र व्यवस्थापन गर्ने कुनै सरसामान नभएका कारण बाध्य भएर महिनामा ६ दिन विद्यालय आउँदैनौँ ।'
'हामी सबै विद्यार्थी जैतुनबारीमा गएर खुल्ला ठाँउमा शौच गर्ने गरेका छौँ । प्याड व्यवस्थापनको कुरा त छाडौँ, शौचालयसमेत छैन ।'- जनप्रकाश उच्च माविमा अध्यनरत कल्पना बिकले भनिन् ।
जिल्ला शिक्षा कार्यलय बाजुराको तथ्याङ्कमा भने जनप्रकाश उच्च माविमा छात्रा शौचालय सञ्चालनमा रहेको अभिलेख छ । 'दुईवटा छात्रा शौचालय निर्माणका लागि जिल्ला शिक्षा कार्यलय बाजुराबाट रकम निकासा भइसकेको छ ।'-जिल्ला शिक्षा कार्यालयले जनायो । ३ लाख ५० हजार एक पटक र २ लाख ५० हजार अर्को पटक गरी दुईवटा शौचालयका लागि रकम निकासा गरिएको शिक्षा कार्यलयको तथ्याङ्कमा छ ।
प्रत्येक वर्षछात्रा शौचालय निर्माण भइरहेको भएपनि पानी अभाव र व्यवस्थापनका कारण प्रयोग विहीन बन्दै आएको जिल्ला शिक्षा कार्यलय बाजुराका विद्यालय निरीक्षक धर्मराज जोशीले बताए । 'विद्यालयमा शौचालय निर्माण भएका छन् । तर, प्रयोगविहीन छन् । अन्य शौचालय त सञ्चालनमा छैनन्, छात्रा शौचालय त टाढाको विषय हो ।'-भगवती माविका शिक्षक डम्मर सिंहले बताए ।
आर्थिक वर्ष ०७०/०७१ मा २ लाख ५० हजार रुपियाँका दरले १६ विद्यालयमा १६ वटा छात्रा शौचालाय निर्माणका लागि रकम निकासा भएको थियो । त्यस्तै ०७१/०७२ मा ४ लाख रुपियाँका दरले ४५ वटा विद्यालयमा ४५ वटा छात्रा शौचालय र ०७२/०७३ मा ४ लाख रुपियाँका दरले सात वटा छात्रा शौचालयका लागि जिल्ला शिक्षा कार्यालयबाट बजेट निकासा भएको देखिन्छ । ६८ वटा विद्यालयमा छात्रा शौचालय बनेको तथ्याङ्क छ । तर, विद्यालयमा बनाइएका शौचालयसमेत प्रयोगविहीन छन् । भगवती मावि, सिगाडा मावि, शारदा मावि, त्रिभुवनेश्वरी उमावि, काँडा उमाविमा छात्रामैत्री शौचालय निर्माण भएका छन् । तर, यहाँका शौचालय प्रयोगविहीन अवस्थामा रहेको सम्बन्धित विद्यालयका छात्राहरूले गुनासो गरेका छन् ।
विद्यालयमा छात्राहरूको नियमित सहभागिता गराउनको लागि छात्रामैत्री शौचालय निर्माण र व्यवस्थापन गर्नका लागि सरकारी तथा गैरसरकारी संस्थाले बजेट खर्चेको भएपनि व्यवस्थापन पक्ष फितलो भएका कारण कार्यक्रम असफल बनेको महिला अधिकार मञ्चकी अध्यक्ष रूखमणि शाहले बताइन् ।
पदम सिंह
सम्बन्धित समाचारहरू
हेपाह प्रवृतिका नाम सच्चाँउने कानुनको अभावमा अपमान सहनुपरेको दलित समुदायको गुनासो
दलित भएकै कारण नागरिकता प्रदान गर्ने कार्यालयका कर्मचारीहरुले मनोमानी रुपमा अपमानित हुने प्रकृतिका नामहरु राखि दिएकै कारण समाजमा अहिले पनि अपमानित हुनुपरेको जिल्लास्थित दलित समुदायका व्यक्तिहरुले गुनासो गर्नु भएको छ…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…