छात्रहरूमाथि भएको अपमानजनक व्यवहार नदोर्याउने प्रतिवद्धता
भीमफेदी गाउँपालिका–६ स्थित महेन्द्र माध्यमिक विद्यालयका छात्रहरूमाथि ०७९ पुस १८ गते अपमानजनक व्यवहार भएको छ ।
८ कक्षामा अध्ययनरत् करिब १४ वर्षका छात्रमाथि कक्षा ९ र १० मा अध्ययनरत् तीन जना छात्रहरूले कुटपिट गरेर घाइते बनाएपछि विद्यालय प्रशासन इलाका प्रहरी कार्यालय भीमफेदीमा पुगेको थियो ।
विद्यार्थीबीच भएको झगडालाई समाधान गर्ने र झगडा गर्ने विद्यार्थीलाई सजाय दिने बहानामा विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का २८ जना छात्रहरूको कपाल काटिदिएर विद्यालय तथा प्रहरी प्रशासनले उनिहरूमाथि अपमानजनक व्यवहार गरेको हो ।
विद्यार्थी–विद्यार्थीबीच दैनिक झैझगडा गर्ने र कक्षा कोठामा समेत अनावश्यक रूपमा होहल्ला गर्ने छात्र विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक, शिक्षक र वडा कार्यालयका जनप्रतिनिधिहरूको रोहबरमा पुस १८ गते इलाका प्रहरी कार्यालय भीमफेदीले सजाय दिएको हो ।
भविष्यको खोजीमा अध्ययन गरिरहेका छात्र विद्यार्थीहरूको आचरण नराम्रो भएको विद्यालयको गुनासो प्रति इलाका प्रहरी कार्यालय भीमफेदीले ८, ९ र १० कक्षामा पढ्ने करिब २८ जना छात्रलाई सम्झाउने र कपाल काटेर पठाएको इप्रका भीमफेदीका इञ्चार्ज इन्स्पेक्टर प्रतिमा कार्कीले बताउनुभयो ।
कुटपिटबाट उक्त बालकको कानमा चोट लागेको र हेटौँडा अस्पतालमा उपचारपछि घरमा आराम गरिरहेको विद्यालयका प्रधानाध्यापक सनतकुमार घिसिङले बताउनुभयो ।
विद्यार्थीहरूको सामुहिक कपाल काटिदिएर विद्यालय तथा प्रहरी प्रशासनले अपमानजनक व्यवहार गरेको भनी विद्यार्थी तथा अभिभावकको गुनासोपछि राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडा, सिविन बाल हेल्पलाईन मकवानपुर र इन्सेक जिल्ला प्रतिनिधिले पुस १९ गते स्थलगत अनुगमन गरेको छ ।
अनुगमनका क्रममा पीडित बालकहरूले घटनामा संलग्न नभए तापनि प्रहरी तथा विद्यालय प्रशासनले जबरजस्ती इलाका प्रहरी कार्यालयमा लगि कपाल काटिदिएको गुनासो गरेका छन् ।
अनुगमन टोलिले विद्यार्थीहरूसँगको छलफल र विद्यालय प्रशासन तथा प्रहरीसँग छुट्टाछुट्टै छलफल गरी कुनै पनि बहानामा विद्यार्थीहरूमाथि कुनै प्रकारको हिंसा तथा अपमानजनक व्यवहार हुन नदिन सचेत गराएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडाका अधिकृत रेवा रेग्मीले विद्यालयमा भएको घटनालाई प्रहरीसम्म पुर्याउने र विद्यार्थीलाई प्रहरी कार्यालयमा लानुनै गलत भएको बताउनुभयो ।
यस्तै सिविन बालहेल्पलाईन १०९८ का संयोजक झविन्द्र ज्ञवालीले उक्त घटनाले बालकहरूको मस्तिष्कमा आघात पुग्ने भन्दै बाल मनोविज्ञानमा असर पार्ने कुनै गतिविधि नगर्न आग्रह गर्नुभयो ।
घटनापछि सिर्जित वातावरणलाई समाधान गर्न पुस १९ गते विद्यार्थी, अभिभावक, शिक्षक, प्रहरी र, विद्यालय व्यवस्थापन समितिको बैठक बसेको छ ।
बैठकले विद्यार्थी, शिक्षकको आचरण, विद्यालयको आचारसंहिता र नियमको पूर्ण पालना गर्ने र आगामी दिनहरूमा विद्यार्थीहरूमा कुनै किसिमको अपमानजनक व्यवहार नदोहोरिने प्रतिवद्धता जनाएको छ ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…
बाल विवाह र बहु विवाहको कसुरमा कैद
हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको आरोपमा राजविराज नगरपालिका–१५ का ३६ वर्षीय जितेन्द्र यादवलाई चैत १४ गते ८ महिना कैद सजाय भएको छ । जिल्ला…