छात्रवृत्तिमा चिकित्सक पढाउने ऐन, नियमावली र निर्देशिका पारित
पातारासी गाउँपालिकाले १० औँ हिउँदे गाउँ सभाबाट एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति निर्देशिका २०७९ बहुमतले पारित गरेको छ । पालिका भित्रका विद्यार्थीलाई उच्चशिक्षा अध्ययन गर्नका लागि हिउँदे गाउँ सभाबाट छात्रवृत्ति कार्यक्रमको ऐन, नियमावली र निर्देशिका पारित गरेको हो ।
पालिकाको लगानीमा एक जनालाई एबीबीएस डाक्टर पढाउन ३५ लाख रुपियाँ लगानी गर्ने भएको छ । पाँच वर्षसम्म ७ लाख रुपियाँका दरले पालिकाले डाक्टर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने निर्देशिका पारित गरेको हो ।
पातारासी गाउँपालिकाको उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्तिमा अहिले सो गाउँपालिका–४ लुमगाउँका २३ वर्षीय नविन रेउले देवदह मेडिकल कजेज बुटवलमा चिकित्सा शिक्षा अध्यनरत छन् । जिल्लाका आठ ओटै स्थानीय तहमध्ये सो गाउँपालिकाले यहाँका विद्यार्थीलाई चिकित्सक बनाउन लगानी गरेको हो । यो कार्यक्रममा ऐन, नियमावली र निर्देशिका सबै गाउँसभाबाट पारित भएर पूर्ण रुपमा कार्यन्वयनमा आएको स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाले बताउनु भयो ।
अघिल्लो जनप्रतिनिधिले ल्याएको एमबीबीएस डाक्टर पढ्ने कार्यक्रमलाई निन्तरता दिएको र प्राविधिक शिक्षामा पनि पालिकाले छात्रवृत्ति प्रदान गरिने गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनु भयो ।
हिउँदे गाउँसभाबाट पालिकाका सबै वडामा बालविवाह न्यूनीकरणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई मध्यनजरगर्दे बालविवाह रोकथामका विभिन्न सचेतना कार्यक्रम चलाइने र पालिकाको वडा नं. ४ र ५ लाई बालमैत्री वडा घोषणागर्ने निर्णय गाउँसभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताउनु भयो ।
पालिका भित्रका सबै स्थानीयवासीको निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रम लागु भई कार्यन्वयनमा आएको छ । प्रमुख प्रशासकीय अधिकृत धितालले भन्नुभयो खानेपानी सरसफाई स्वाच्छता तथा अनुगमन निर्देशिका ऐन हिउँदे गाउँसभाबाट पारित भएर कार्यान्वयनमा आएको छ ।
०७९ माघ ९ गते
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…