छाउपडी प्रथा र दैलेख घटनाका विरुद्ध प्रहरीमा उजुरी
महिनावारी भएको बेला छाउगोठमा बस्न बाध्य पार्ने परम्पराकै कारण छाउगोठमा सर्पले टोकेको र उपचारमा पर्याप्त प्रयत्न नगरेको कारण दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-६ लैनचौरकी १८ वर्षीया तुलसी शाहीको ज्यान गएको भन्दै परिवारका सदस्यहरूलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधि अमरबहादुर सुनार, सामाजिक सेवा केन्द्र (सोसेक)का संस्थापक अध्यक्ष हिरासिंह थापा, न्याय तथा अधिकार संस्था नेपाल (जुरी-नेपाल)ललितपुरका अधिवक्ताद्वय विष्णुप्रसाद पोख्रेल, सशी बस्नेत, स्वस्थ महिनावारी अभियान्ता राधा पौडेल र पत्रकार सम्झना पौडेलले साउन ८ गते उजुरी दिएका हुन् ।
मुलुकी ऐन अदलको १० ग नं. मा 'कसैले लैङ्गकि, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रथा-परम्परा, वैवाहिक स्थिति वा जबरजस्ती करणीबाट पीडित भएको, कुनै रोग लागेको वा यस्तै अन्य कुनै आधारमा कसैलाई भेदभाव गरेमा ६ महिनासम्म कैद वा ५० हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ' भन्ने कानुनी व्यवस्था छ ।
उजुरीमा मृतक तुलसीकी आमा ६२ वर्षीया धीर्जा शाही, २५ वर्षीय जेठा दाजु प्रेमबहादुर शाही र २३ वर्षीय हिमबहादुर शाहीलाई विपक्षी बनाइएको छ । परम्परा थाम्ने नाममा छाउगोठमा पठाएको र सर्पले टोकेपछि तुरुन्तै मेडिकलमा नलगी धामी-झाँक्रीकोमा झारफुक गर्न समय खर्चेको कारण ज्यान गएकोले परिवारकै सदस्यलाई विपक्षी बनाइएको स्वस्थ महिनावारी अभियन्ता राधा पौडेले टिप्पणी गरिन् ।
गोरखा, धादिङ र प्रदेश नं. ६ तथा ७ का १९ समेत २१ जिल्लामा छाउपडी प्रथाका कारण महिला माथि विभेद भएको भन्दै परेको रिटका आधारमा सर्वोच्च अदालतले २०६२ वैशाख १९ गते छाउपडी प्रथाले महिलाको स्वास्थ्य, पोषण र सुरक्षामा समेत समस्या आउने भएकोले सामाजिक सचेतना अभियान सञ्चालन गर्न र बाधा अवरोध गर्नेलाई कारबाही गर्न कानुन बनाउन आदेश गरेकोमा सरकारले छाउपडी प्रथा उन्मूलन निर्देशिका-२०६४ ल्यायो तर कार्वान्वयन संयन्त्र प्रभावकारी बनाएको छैन ।
सर्वोच्च अदालतको आदेशको पालना नगरेकै कारण छाउपडी प्रथाले महिलाको स्वास्थ्य, पोषण र सुरक्षामा समस्या कायमै रहेकोले जुरी नेपालका अधिवक्ता सशी बस्नेतले सरकारविरुद्ध पनि रिट दिने तयारी भएको बताइन् ।
छाउपडी प्रथा उन्मूलन निर्देशिका-२०६४ ले तोकेको काम जिल्ला समन्वय समिति, स्थानीय तहमा छाउपडी प्रथा उन्मूलन समिति गठन र क्रियाशील नबनाएको अधिवक्ता बस्नेतको भनाइ छ ।
अमर सुनार
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…