छाउपडी कूप्रथाका कारण बैतडीका महिलाहरू घरमै सुत्केरी हुन बाध्य
सामाजिक अन्धविश्वासका रूपमा रहेको छाउपडी कूप्रथाका कारण यहाँका महिलाहरू घरमै सुत्केरी हुन बाध्य भएका छन् ।
स्वास्थ्य संस्थाबाट सुत्केरी भएका महिलालाई घरसम्म पुर्याउन सवारी चालकहरूले नमान्ने र पुर्याएपनि चर्को रकम लिने भएकाले सुत्केरी महिला समस्यामा परेका हुन् ।
जिल्लाको नमूना क्षेत्रमा रहेको साविकको सिद्धेश्वर गाविसमा मात्रै यो आर्थिक वर्षमा आठ जना महिला घरमै सुत्केरी भएको सिद्धेश्वर स्वास्थ्य चौकीका प्रमुख मदन महराले बताए ।
'बुहारी सुत्केरी गराउन स्वास्थ्य संस्था लग्ने बेलामा १ हजार ५ सय गाडीभाडा तिरेर लगेँ । तर, फर्कने बेलामा ४ हजार भन्दा तल ल्याउन मानेनन् ।'-स्थानीय गणेशदत्त भट्टले भने ।
उक्त क्षेत्रका स्थानीयले सुत्केरी महिलाको समस्या समाधानका लागि एम्बुलेन्सको माग गरेका छन् ।
जिल्लाका अन्य ठाँउमा पनि यस्तो समस्या रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. गुणराज अवस्थीको भनाइ छ । 'अधिकांश क्षेत्रका स्थानीय अझैपनि सुत्केरी भएको बेला आफ्नै पत्नीलाई समेत छुन मान्दैनन् ।'-अवस्थीले भने ।
यस्तै अन्धविश्वासका कारण जिल्लालाई असार मसान्तमा गर्ने भनिएको पुर्ण संस्थागत सुत्केरी घोषणा कार्यक्रम पनि प्रभावित बन्ने देखिएको भन्दै सामाजिक अभियानकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।
नरी बडु
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…