छठी घाट बनाउने क्रममा झडप, तीन जना घाइते
महागढीमाई मन्दिर परिसरमा छठी घाट बनाउने विषयलाई लिएर कात्तिक १२ गते बिहान दुई समूह बिच झडप भएको छ ।
झडपमा महागढीमाई नगरपालिका-१ मठवा टोलका ५५ वर्षीय झगरु महतो, सोही ठाउँका ३२ वर्षीय मुकेश कुशवाहा र गढीमाई मन्दिर विकास तथा सञ्चालन समितिका सचिव ४८ वर्षीय मोतिलालप्रसाद घाइते भए ।
घाइते सबैको सामान्य उपचार जिल्ला अस्पताल कलैयामा गरी थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल विरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरले बताए ।
सोही वडाका डिही टोल निवासी सामान्य घाइतेहरू अशोक गोढ, जयनारायण जैसवाल, रामजी महतो, नन्दकिशोर ठाकुर, नरेश मण्डल र रामशिस महतोको जिल्ला अस्पताल कलैयामा उपचार भएको छ ।
प्रहरीले घटना रोक्न नसके पनि झडप सुरू भएपछि प्रहरी चौकी वरियारपुर, जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राठौरले बताए ।
मठवा टोल र डिही टोलका स्थानीयले सो ठाउँमा छठ पर्व मनाउन छठी घाट बनाउने विषयमा झडप हुन सक्ने भन्दै कात्तिक ११ गते विहान प्रहरी चौकी परियारपुरमा जानकारी गराएका थिए ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…