चौरजहारी र त्रिवेणीमा झडप सात जना घाइते
नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच चौरजहारी नपा–७ मा वैशाख २२ गते झडप भएको छ ।
झडपमा माओवादी केन्द्रका दुई जना कार्यकर्ता घाइते भएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका प्रचार विभाग प्रमुख ध्रुव बुढाथोकीले जानकारी दिनुभयो ।
भडपमा काङ्ग्रेस र एमालेका पाँच जना कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेमा चौरजहारी नगरपालिका निवासी नेकपा माओवादी केन्द्रका कार्यकर्ता ज्ञानबहादुर बोहरा र सुजन शर्मा रहेका छन भने नेकपा एमाले र नेपाली काङ्ग्रेसका कार्यकर्ता प्रकाश चन्द, बिनिता मल्ल, सुनिता मल्ल, चन्द्र नाथ योगी र रेणु कुवँर रहेका छन् ।
चौरजहारी नगरपालिकामा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच गठबन्धनमा उम्मेदवारी दर्ता भएको र सोही अनुसार चुनाव प्रचार प्रसार भइरहेको नेकपा एमालेका कार्यकर्ता ओम प्रकाश आचार्यले जानकारी दिनुभयोे । चुनावी प्रचार प्रसार घरदैलो गर्ने क्रममा दुबै तर्फबाट ढुङ्गा हानाहान भएको थियो । घाइतेको उप–स्वास्थ्य केन्द्र चौरजहारीमा उपचार भइरहेको छ । घटनाको पुरा विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी विष्णु सोतीले जानकारी दिनु भएको छ ।
त्यसैगरी त्रिवेणी गाउँपालिका–५ जिवाङमा नेपाली काङग्रेसले कार्यक्रमको लागि तयार पारेको कार्यक्रमस्थल मन्च, टेन्ट र चुनाव प्रचार प्रसारका सामाग्रीहरू नेकपा माओवादी केन्द्रका कार्यकर्ताले वैशाख २२ गते दिउँसो तोडफोड गर्नुका साथै आगजनी गरेका छन् । कार्यक्रममा लगिएको रा १ च १२७२ नम्बरको जीप र जीप चालकलाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताले नियन्त्रणमा लगेको एमाले काङ्ग्रेस गठबन्धनका कार्यकर्ताले आरोप लगाएका छन् ।
उक्त स्थानमा प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डीएसपी सोतीले जानकारी दिनु भयो । वैशाख २२ गते बिहान त्रिवेणी गाउँपालिकाकै ९ नम्बर वडामा पनि झडप भएको थियो ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
४८ वर्षीया भाउजुलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४० वर्षीय एक देवरलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ २३ गतेको इजलासले…