चौरजहारी घटनाको तथ्य सङ्कलन गर्न अधिकारकर्मीको टोली घटनास्थल प्रस्थान
चौरजहारी नपा-८ सोतीगाउँमा जेठ १० गते भएको घटनाको सत्यतथ्य अध्ययन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित पाँच सदस्यीय टोली जेठ १३ गते घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
जाजरकोट जिल्ला भेरी नपा-४ का २१ वर्षीय नवराज विश्वकर्मा, सोही ठाउँका १७ वर्षीय गणेश विएम र रुकुम जिल्ला चौरजहारी नपा-१ का २० वर्षीय टिकाराम विश्वकर्माको शव फेला परेको र अरु तीन जना व्यक्ति सम्पर्कमा नआएको भनिएको घटनाको सत्य तथ्य सङ्कलन गर्न उक्त टोली घटनास्थल लागेको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भएको छ ।
टोलीमा नेपाल बार एशोसियशनका रुकुम पश्चिमका अध्यक्ष एक्क पाण्डे, गैर सरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष नारायणकुमार शाह, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली र हरप्लेसकी अध्यक्ष सुनीता बीएम रहनु भएको छ ।
टोलीले सङ्कलन गरेको सत्यतथ्य विवरणका आधारमा तयार पारिने प्रतिवेदन केही दिनभित्र सार्वजनिक गरिने पनि संयोजक सुवेदीले जानकारी दिनु भएको छ ।
कथित तल्लो जातका युवा भएर कथित माथिल्लो जातकी १७ वर्षीया बालिकालाई विवाह गर्नका लागि लिन आएको भनेर स्थानीयले लखेटेर कुटपिट गर्दा तीन जनाको ज्यान गएको पीडित पक्षको आरोप छ ।
भेरी नगरपालिका-११ का १८ वर्षीय लोकेन्द्र सुनार, सोही ठाउँका १७ वर्षीय गोविन्द शाही, भेरी नगरपालिका-४ का २१ वर्षीय सञ्जु बिक सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कविराज रोकाले जानकारी दिनुभयो ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
नौ दिनदेखि धर्नामा बसेका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न आयोगको आग्रह
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित नौ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बसिरहनुभएका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।…
सहकर्मी कुटपिट घटनाको विरोधमा डाक्टरहरूद्वारा प्रदर्शन
पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका डाक्टरहरूले आक्रमणमा संलग्नलाई कडा कारबाही गर्नु…
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…