चौधरीलाई जन्मकैद गर्ने उच्च अदालतको फैसला सर्वोच्च अदालतद्वारा सदर
टिकापुर हत्याकाण्डमा संलग्न भएको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट जन्मकैदको सजाय सुनाइएका रेशमलाल चौधरीको जन्मकैद सजायलाई सर्वोच्च अदालतले ०८० जेठ २ गते सदर गरेको छ ।
जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले सुनाएको जन्मकैदको फैसलाविरुद्ध चौधरीले ०७७ फागुन १२ गते सर्वोच्च अदालतमा गरेको पुनरावेदनमा सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले सुनुवाई गर्दै यसअघि जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले सुनाएको कैदलाई सदर गरेको हो ।
त्यस्तै सर्वोच्चका न्यायाधीशद्वय भट्टराई र सुवेदीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको फैसलामा जन्मकैदको सजाय सुनाइएका लक्ष्मण थारु चौधरीको हकमा जन्मकैदको फैसला उल्ट्याएर ज्यान मार्ने उद्योगमा तीन वर्षको कैद सजाय सुनाएको छ ।
सीताराम चौधरी र गंगाराम चौधरीलाई सफाई दिएको छ । उनीहरूलाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो ।
०७२ भदौ ७ गते थरुहटको आन्दोलनका बेला टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित आठ जना प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको भन्दै कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले ०७५ फागुन १२ गते रेशमलाल चौधरीलाई जन्मकैदको सजाए सुनाएको थियो ।
कैलाली जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएपछि उक्त आदेश बदर गर्दै चौधरीले उच्च अदालत दिपायल पुनरावेदन गर्नुभएको थियो ।
चौधरीको पुनरावेदनमा उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेकनारायण कुवँर तथा सीताराम मण्डलको ०७७ पुस २ गतेको संयुक्त इजलासले जिल्ला अदालत कैलालीले गरेको आदेशलाई नै सदर गरेको थियो ।
उच्च अदालत दिपायलको आदेशलाई बदर गर्न माग गर्दै रेशमलाल चौधरीले सर्वोच्च अदालतमा ०७७ फागुन १२ गते पुनरावेदन गर्नुभएको थियो ।
थरुहटको आन्दोलनका क्रममा ०७२ भदौ ७ गते भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपानेसहित सात जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । सो घटनामा एक बालकको पनि ज्यान गएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा एक नाबालक, राष्ट्रिय जनता पार्टीका तर्फबाट २०७४ को निर्वाचनमा प्रतिनिधि सभाका सदस्यमा निर्वाचित रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरिइएको थियो । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाइएको थियो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…