चौकी तोडफोड गरेको आरोपमा माओवादी केन्द्रका कार्यकर्ता गिरफ्तार
त्रिवेणी गाउँपालिका–९ नुवाकोट प्रहरी चौकी तोडफोड घटनामा संलग्न भएको आरोपमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता २५ वर्षीय गोपाल भन्ने बिकल्प वलीलाई प्रहरीले जेठ १२ गते गिरफ्तार गरेको छ ।
स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच वैशाख २२ गते झडप भएको र काङ्ग्रेस कार्यकर्ता सुरक्षाको लागि प्रहरी चौकीमा गएपछि माओवादी कार्यकर्ताले नुवाकोट प्रहरी चौकी नै तोडफोड गरेका थिए ।
आरोपित बिकल्पलाई प्रहरी चौकी तोडफोड गर्ने मुख्य भूमिका रहेको आरोपमा गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डीएसपी विष्णु सोतीले जानकारी दिनु भएको छ ।
तोडफोडबाट प्रहरी चौकी रहेको घरको छाना, सोलार झ्याल ढोकामा क्षति भएकोे थियो । त्रिवेणी गाउँपालिकाको चुनाव प्रचारप्रसारको समयमा नेकपा माओवादी र नेपाली काङ्ग्रेसका कार्यकर्ता बीच झडप हुँदा प्रहरी चौकी र काङ्ग्रेसबाट त्रिवेणी गाउँपालिकाका अध्यक्षका उम्मेद्वार चढेको गाडी तोडफोड गर्नुका साथै ६ जना काङ्ग्रेस कार्यकर्ता घाइते भएका थिए ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…