चोरी मुद्दामा सजाय भुक्तान गरीरहेका कैदीद्वारा आत्महत्या
चोरी मुद्दामा बाँके कारागारमा सजाय भुक्तान गरीरहेका जानकी गाउँपालिका–६, कोठरपुरवाका २३ वर्षीय निरज गुप्ता भनिने निरजकुमार बनियाले ०८० असार २१ गते आत्महत्या गरेका छन् ।
जिल्ला कारागारका प्रमुख बिजयजंग शाहका अनुसार बिहान करिब ४ बजे शौचालयमा तन्नाको पासो लगाई आत्महत्या गरेका हुन् । डाका, चोरीे मुद्दामा कैद भुक्तान गरीरहेका निरजलाई जिल्ला अदालतले ०७९ चैत २२ गते ३ वर्ष कैद र ३० हजार रूपियाँ जरिबानाको फैसला गरेको थियो ।
घटनाका सम्बन्धमा असार २१ गते इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, राष्ट्रिय मानव अधिकार आयोगलगायतको टोलीले स्थलगत अनुगमन गरेका छन् । उक्त टोलीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसँग भेट गरी घटनाका बारेमा जानकारी लिएको छ ।
३ सयको क्षमता रहेको बाँके कारागारमा हाल ९ सय २३ जना कैदी बन्दीहरू रहेका छन् । क्षमता भन्दा बढी कैदी बन्दी भएका कारण खान, बस्न र शौचालय प्रयोग गर्नसमेत समस्या रहेको, शौचालयका सङ्रचना कैदी बन्दी मैत्री नभएको विषयमा प्रहरी, प्रशासनको ध्यानाकर्षण गराइएको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले बताउनु भयो ।
शवको पोष्टमार्टम असार २१ गते भेरी अस्पतालमा गरी परिवारलाई शव बुझाइएको छ ।
लक्ष्मी थारू
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…