चोरीको आरोपमा वडा अध्यक्ष लगायतद्वारा कुटपिट, आरोपितविरुद्ध प्रहरीमा उजुरी
इश्वरपुर नपा–९ का १९ वर्षीय गोविन्द माझीलाई चोरी गरेको आरोपमा सोही वडाका वडा अध्यक्ष ३९ वर्षीय अमिरिलाल साह, सोही ठाउँका ३६ वर्षीय रामचन्द्र महतो र ३४ वर्षीय भरत महतो सुडीले कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।
चोरको झूठो आरोप लगाएर कुटपिट गरेको भन्दै पीडितकी ६५ वर्षीया आमा लालीदेवी माझीले इलाका प्रहरी कार्यालय केशवगंजमा कात्तिक १३ गते उजुरी दिनु भएको हो ।
छोरालाई कुटपिट नगर्न आग्रह गर्दा वडा अध्यक्षले आफूलाई समेत लात्तीले हिर्काएको लालीदेवीले बताउनु भयो ।
पीडितलाई आरोपितत्रयले चोरीको आरोपमा हातगोडा बाँधी पैतालमा सुई घोचेर करेण्ट समेत लगाई कुटपिट गरेको भन्दै पीडितलाई न्यायको माग गर्दै कात्तिक १२ गते इश्वरपुर बजारमा नाराबाजी गर्दै प्रदर्शनसमेत गरिएको स्थानीय पच्चु माझीले बताउनु भयो ।
कात्तिक १० गते राति गाउँमै दुर्गा मेलामा नाच हेर्न गएका बेला स्थानीयले चोरको आरोप लगाएर कुटपिट गरेको पीडित पक्षको भनाइ छ । पीडित माझीको उपचार इश्वरपुर स्थित पोलिक्लिनिकमा भइरहेको छ ।
पीडित परिवारले उजुरी दिएको हुँदा घटनाको अनुसन्धान पश्चात दोषीको पहिचान गरी कानुनी दायरामा ल्याइने इलका प्रहरी कार्यालय केशरगंजका इन्स्पेक्टर वीरेन्द्र गुरुङले बताउनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…