चुनाव हुन नदिने चेतावनी दिँदै लाठी जुलुस प्रदर्शन
राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेसका विभिन्न जिल्लामा लाठी जुलुस प्रदर्शन गरेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जानकारी दिएका छन् ।
इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजमा जेठ १४ गते लाठी जुलुस प्रदर्शन गरेको छ । घोषित आन्दोलनको कार्यक्रमअनुसार प्रदर्शनकारीहरूले स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिँदै लाठी जुलुस प्रदर्शन गरेका हुन् ।
स्थानीय हरिनन्देश्वर महादेव मन्दिरबाट निस्किएको जुलुस नगरपरिक्रमा पश्चात सहिद दशन चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा वक्ताहरूले संविधान संशोधन नभई चुनावमा भाग नलिने र जबरजस्ती गर्न खोजिएको चुनाव हुन पनि नदिने बताए ।
इन्सेक नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार जिल्लाको सदरमुकाम परासी र प्रतापपुर गाउँपालिका-४ बेलाटारीमा राष्ट्रिय जनता पार्टीले मोर्चाको माग अनुसार संविधान संशोधन बिना निर्वाचन गर्न खोजेको विरोधमा लाठी जुलुस प्रदर्शन गरेको छ ।
इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजय साहका अनुसार दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले महोत्तरीमा जेठ १४ गते लाठी जुलुस प्रदर्शन गरेको छ ।
सदरमुकाम जलेश्वरस्थित राजपाको पार्टी कार्यालयबाट सुरु भएको लाठी जुलुसले जलेश्वर नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
जुलुसमा सहभागी राजपाका नेताहरूले जेठ ३१ गते तोकिएको दोस्रो चरणको स्थानीय तहको चुनाव स्थगित गर्नु पर्ने, परिमार्जन सहितको संविधान संशोधन गर्नुपर्ने, आन्दोलनको क्रममा राजपाका नेता कार्यकर्ताहरू माथि लगाइएको झुठा मुद्दा फिर्ता गर्नु पर्ने र जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुने गरी स्थानीय तहको सीमाना निर्धारण गर्न माग गरेका थिए ।
इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार राजपा नेपालद्वारा दोस्रो चरणको चुनावको विरोधमा जेठ १४ गते लाठी जुलुस प्रदर्शन गरेको छ । राजपाको घोषित आन्दोलनको कार्यक्रम अन्तर्गत जेठ १४ गते सिरहा नगरपालिकालगायत जिल्लाभरी लाठी जुलुस प्रदर्शन गरेको सो पार्टीले जनाएको छ ।
संविधान संशोधनको माग राख्दै आन्दोलनमा रहेको राजपाले स्थानीय तह निर्वाचनलाई प्रभावित हुनेगरी आन्दोलनमा उत्रेको छ । लाठी जुलुस सदरमुकाम सिरहा, मिर्चैया, सुखिपुर र लहान लगायतका स्थानहरुमा लाठि जुलुस प्रदर्शन गरेको राजपा नेपालका नेता राकेश झाले बताए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
चुरे गाउँपालिका–६ मल्लोढुङ्गेनीकी ४७ वर्षीया हिरादेवी चुनारालाई ०८१ असोज २५ गते विहान बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति डम्बर चुनारालाई असोज २५ गते गिरफ्तार गरेको छ…
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…