चुनाव प्रचारमा बालबालिका र विद्यालय प्रयोग नगर्न माग
पर्वत जिल्लामा क्रियाशील इन्सेकलगायतका मानव अधिकार सङ्घसंस्था र नागरिक समाजका प्रतिनिधिहरूले आगामी मङ्सिर २१ गते हुने निर्वाचनको प्रचारप्रसारका लागि बालबालिका र विद्यालयको प्रयोग नगर्ने व्यवस्था मिलाउन माग गर्दै मुख्य निर्वाचन अधिकृत ध्रुबप्रसाद सापकोटालगायत निर्वाचनसँग सम्बन्धित सरकारी निकायलाई ज्ञापनपत्र बुझाएका छन् ।
जिल्लामा क्रियाशील नागरिक समाज, इन्सेक, गैसस महासङ्घ, नेपाल पत्रकार महासङ्घ, शिक्षाका लागि राष्ट्रिय अभियान, नेपाल, जिल्ला नागरिक सञ्जाललगायतका सङ्घसंस्थाका प्रतिनिधिहरूले मुख्य निर्वाचन अधिकृतका साथै प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी र जिल्ला निर्वाचन अधिकारीसमेतलाई ज्ञापनपत्र बुझएका हुन् ।
ज्ञापनपत्र बुझ्दै मुख्य निर्वाचन अधिकृत सापकोटाले चुनाव प्रचारप्रसारमा बालबालिका र विद्यालयको प्रयोग हुन नदिन आफू क्रियाशील भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी सोही ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले निर्वाचनका कुनै पनि गतिविधिमा बालबालिका र विद्यालयको प्रयोग हुनबाट रोक्ने बताउँदै, मर्यादित र भयरहित निर्वाचनका लागि हातेमालो गर्न नागरिक समाजलाई समेत आग्रह गरेका थिए ।
त्यसैगरी जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल र जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले पनि ज्ञापन पत्रमा उल्लेखित विषयवस्तुलाई कार्यान्वयन गर्न आफूहरू पूर्ण प्रतिबद्ध रहने बताएका थिए ।
किशोर सापकोटा
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी
३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नगरपालिका–१२ का ४० वर्षीय रामदेव दास विरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज ९ गते उजुरी दिनु भयो । पीडित पक्षका…
यौन दुर्व्यवहार घटनाको कसुरमा बालकलाई सुधार गृहमा राख्ने फैसला
नौ वर्ष ३ महिना १५ दिनकी बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १४ वर्ष ५ दिनका बालकलाई २०८० असोज ८ गते साढे १ वर्ष बाल सुधार गृहमा राख्ने फैसला भएको छ…
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईः आठ दिनदेखि धर्नामा
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईशान श्रेष्ठ (ईः ) आठ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बस्नुभएको छ । फुटपाथ व्यवसायीमाथि महानगरपालिकाले दुर्व्यवहार गर्न बन्द गरिनु…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० असोज ९ गते स्याङ्जाको वालिङ नगरपालिका-६ का २३ वर्षीय रेमन गुरुङ र चितवनको रत्ननगर नगरपालिका-१६ का २३…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-१० का वडाध्यक्ष ३५ वर्षीय छविरमण धमलालाई असोज ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार…