चुनाव नजिकिदै जाँदा बम आतङ्क
नवलपरासीको चार नम्बर प्रदेशमा पर्ने चार नगरपालिका र चार गाउँपालिकाको निर्वाचन मिति नजिकिदैँ जाँदा ठाउँठाउँमा विस्फोटका घटना भएका छन् ।
यसै क्रममा वैशाख २८ गते कावासोती नगरपालिकाका नेपाली काङ्ग्रेसकाबाट प्रमुखका उम्मेदवार महेन्द्र पोख्रेलको घर अगाडि सकेट बम फेला परेकोमा नेपाली सेनाको बज्रदल गण गैँडाकोटको टोलीले डिस्पोज गरेको छ ।
त्यसैगरी कावासोती नपा-३ स्थित त्रिनेत्र पेट्रोल पम्पको छेउमा सकेट बम विस्फोट भएको छ । विस्फोटबाट कुनै मानवीय र भौतिक क्षति नभएको स्थानीयबासीले बताएका छन् ।
त्यस्तै कावासोती नपा-१७ घर भई माओवादी केन्द्रका प्रमुखका उम्मेदवार डाँसीराम बस्यालको घर अगाडि सकेट बम फेला परेको छ । उक्त बमलाई इलाका प्रहरी कार्यालय नवलपुरका डिएसपी राजेश थापाको नेतृत्वमा नेपाली सेनाको डिस्पोजल टोलीले डिसपोज गरेको छ ।
गैँडाकोट नपा-८ विजयचोकमा नेकपा माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार दुर्गादत्त ढुङ्गानाको घर कम्पाउण्डको दुई मिटर अगाडि सकेट बम फेला परेकोमा नेपाली सेनाको डिस्पोजल टोली र इलाका प्रहरी कार्यालय गैँडाकोटका इन्सपेक्टर सुवास हमालको नेतृत्वको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी परासीमा राष्ट्रिय जनता पार्टीले सरकार र प्रतिपक्षी दल एमालेविरुद्ध नाराबाजी गर्दै विरोध सभा गरेको छ ।
संविधान संशोधन नगरी निर्वाचनमा गएको र मधेशको मागलाई बेवास्ता गरेको भन्दै विरोध सभा गर्नुपरेको सो पार्टीका नेताहरूले बताएका छन् ।
संविधान संशोधन र आफूहरूको माग सम्बोधन नभएसम्म दोस्रो चरणको निर्वाचन हुन नदिने सो पार्टीका नेता मुकुरजी गिरीले चेतावनी दिए ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…