चुनावी सभा स्थलमा शङ्कास्पद वस्तु फेला
नेकपा एमाले मन्थली नगरपालिका–१० चनखुलेमा ०७९ कात्तिक ३० गते आयोजना गर्न लागेको चुनावी सभाको कार्यक्रम स्थलमा अज्ञात पक्षले खतरा भन्दै राखेको शङ्कास्पद वस्तु नेपाली सेनाले हटाएको छ ।
शंकास्पद वस्तु फेला परेको सूचना आएपछि जिल्ला प्रहरी कार्यालका प्रमुख एसपी राजकुमार थिङ सहतिको नेपाली सेना र सशस्त्र प्रहरीको टोली सो स्थानमा पुगेको थियो ।
सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगि हेर्दा फोहोर पोको पारेर ढुङ्गाले घेरी तार निकालेको अवस्थामा रहेको अवरोध फेला पारेको डीएसपी थिङले जानकारी दिनुभयो ।
सुरक्षा टोलीले अवरोध हटाएपछि एमालेले पूर्वनिर्धारण सभा सम्पन्न गरेको थियो । सर्वसाधारणलाई अतङ्कित बनाउने नियतका साथ सो काम गरिएको भन्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाश ढुङ्गेलले सो घटनाको निन्दा गर्नुभयो ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…
मोटरबाटो नपुग्दा सुत्केरीलाई बोकेर अस्पताल
तनहुँको आवुँखैरेनी गाउँपालिका–४ को आमडाँडा, खस्राङ, दुवा, बेलडाँडा लगायतका गाउँमा मोटरबाटो नपुग्दा स्थानीय बासिलाई सास्ती भएको छ । पृथ्वीराजमार्गको छेउमा गाउँकार्यपालिकाको कार्यालय रहेपनि वडा नम्बर ४ को केही गाउँहरूमा भने…