चुनावी प्रचारप्रसारको क्रममा झडप हुँदा दुई जना घाइते
नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको लोकतान्त्रिक गठबन्धन र नौगाडको जामिरमा आयोजित आमसभामा सहभागि हुँन गइरहेका नेकपा एमालेका कायर्कर्ता बीच कात्तिक २७ गते झडप हुँदा दुई जना घाइते भएका छन् ।
झडपमा परी नौगाड गाउँपालिका–६ निवासी गठबन्धनका कार्यकता ३५ वर्षीय जयभानसिंह धामी र नौगाड गाउँपालिका–५ निवासी एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश शाहीले बताउनु भयो ।
एमालेको चुनावी सभालाई अवरोध गर्ने गरी आमसभामा जाने कार्यकर्ताहरुलाई रोक्न खोजेपछि झडप भएको एमालेका नौगाड गाउँपालिका अध्यक्ष जनकसिह ठगुन्नाको आरोप छ ।
गठबन्धन दल नेकपा माओवादी केन्द्रका नेता दलजीतसिह धामीले एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको आरोप लगाउनु भयो ।
झडपमा परी घाइते भएका मध्ये जयभानसिंहको टाउँकोमा चोट लागेको छ । उहाँको टाउँकाको सिटिस्क्यान गर्नु पर्ने भएकोले थप उपचारका लागि धनगढी रिफर गरिएको गोकुलेश्वर अस्पतालका डाक्टर पुजा बमले बताउनु भयो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…