चुनावी अभियानमा खटिएका अनेरास्ववियुका कार्यकर्तामाथि माओवादी आक्रमण
पचालझरना गाउँपालिका-६ नानिकोट निवासी अनेरास्ववियु जिल्ला सदस्य २६ वर्षीय युवराज शाहीलाई सोही ठाउँका माओवादी केन्द्रका जिल्ला सदस्य डम्मर टमटा, वाइसिएल केन्द्रीय सदस्य महेन्द्र शाहीलगायतका ११ जनाको समूहले वैशाख २६ गते राति आक्रमण गरी घाइते बनाएको अनेरास्ववियु कालीकोटले जनाएको छ ।
चुनावी घर दैलो अभियानमा खटिएका अनेरास्ववियु जिल्ला सदस्य शाहीलाई माओवादी केन्द्र समर्थकको घरमा आएको आरोपमा आक्रमण गरी घाइते बनाएको पीडित पक्षको भनाइ छ । टाउको र आँखामा चोट लागेका घाइते शाहीको उपचार स्थानीय नानिकोट स्वास्थ्य चौकीमा भइरहेको छ ।
चुनावमा स्वतन्त्रतापूर्वक प्रचार गर्न नपाएको भन्दै दोषी उपर कारबाहीको मागसहित अनेरास्ववियु कालिकोटले विज्ञप्ति प्रकाशन गरी घटनाको निन्दा गरेको छ । अनेरास्ववियु कालिकोटका जिल्ला अध्यक्ष भुपेन्द्र सज्यालद्वारा वैशाख २७ गते हस्ताक्षरित विज्ञप्तिमा एमाले पार्टीले उम्मेदवारको चुनावी प्रचारमा गएका कार्यकर्तालाई आक्रमण गरी घाइते बनाउनेलाई छानबिन गरी कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्र खड्काले घटनाका विषयमा जानकारी नपाएको बताउँदै थप अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने बताए ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…