चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता
जिल्ला स्थित राजनीतिक दल र अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिहरूले स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समिति र महिला तथा बालबालिका कार्यालयको संयोजनमा गरिएको जिल्लास्तरीय कार्यक्रममार्फत प्रमुख दलका प्रतिनिधिले बालबालिकालाई कुनै अर्थमा पनि प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन् ।
निर्वाचनमा दलहरूले बालबालिका प्रयोग गर्दै आएका घटना सार्वजनिक भएको र आसन्न निर्वाचनमा पनि प्रयोग हुन सक्ने भन्दै लिखित प्रतिबद्धता मागिएको थियो । विगतको अवस्थालाई मध्यनजर गर्दै आसन्न निर्वाचनमा बालबालिका प्रयोगलाई पूर्णरूपमा निषेध गर्न राजनीतिक दलहरू प्रतिबद्ध भएको जिल्ला बालकल्याण समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले बताए ।
बालबालिकाको प्रयोग रोक्न प्रभावकारी अनुगमन संरचना भएको बताउँदै महिला विकास अधिकृत प्रतिभा पन्थीले आफूसँग प्राप्त सूचना समयमा नै उपलब्ध गराउन आग्रह गरिन् ।
अनुगमनलाई प्रभावकारी बनाउन महिला विकास अधिकृतको संयोजकत्वमा स्थानीय तह निर्वाचन बाल अधिकार अनुगमन समिति गठन गरिएको छ । 'प्रत्येक गाउँटोलका घटना थाहा पाउने छुट्टै यन्त्र छैन ।'-प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले भने-'सूचना आए त्यसलाई गम्भीरताका साथ हेर्छौँ ।'
निर्वाचनका क्रममा बालबालिकालाई प्रचारप्रसारका लागि पर्चा पम्पलेट तथा पोष्टर टाँस्न नलगाउने, जुलुस, र्यालीमा सहभागी नगराउने सहमति भएको छ । त्यस्तै उनीहरूलाई कुनै पनि सामग्री ओसारपसार गर्न, कलाकार वा अन्य कुनै माध्यामबाट सभा सम्मेलनमा सहभागी नगराउन, एकअर्का विरूद्ध जासुसी नगराउन वा सूचना आदानप्रदानमा बालबालिका प्रयोग नगर्न लिखित प्रतिबद्धता जनाइएको हो ।
जुन दलले सुरूमा बालबालिका प्रयोग गर्छ त्यसलाई तत्काल कारबाही गरे मात्र अरूले गल्ती नगर्ने र नदोहोर्याउने माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दिनेश पन्थीले बताए । राष्ट्रिय जनमोर्चाका नेता हरि न्यौपानेले विद्यायलयका शिक्षक र विद्यार्थीलाई पार्टीको सदस्यता दिनुनै गल्ती भएको औँल्याए ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–१३ झरुवाराशी का २६ वर्षीय आशिष पुर्कुटीलाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २५ गते बलात्कार गरेको…
पहिरोले सडक बगाउँदा जनजीवन कष्टकर
भोजपुरको पाँचधारे-चखेवा सडक पहिरोले बगाएपछि सडक अवरूद्ध भएको छ । पाँचधारे-चखेवा सडक खण्डको रूमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । टेम्केमैयुङ गाउँपालिका-९ रूमाथुम्की क्षेत्रको घुर्विसेमा क्षेत्रमा पहिरो…
झुटो सिफारिस दिएको आरोपमा जनप्रतिनिधि गिरफ्तार
मृतक व्यक्तिलाई जीवित र जीवित व्यक्तिलाई मृतक भनि सिफारिस दिएको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका-७ का वडाध्यक्ष सूर्यनारायण यादवलाई भदौ २६ गते गिरफ्तार गरेको छ । देवानगञ्ज गाउँपालिका-७ को वडा कार्यालयमा…
मौसम परिवर्तनका कारण अस्पतालमा बिरामीको चाप बढ्दै ! (फोटो फिचर)
मौसम परिवर्तनका कारण नेपालगञ्जस्थित भेरी अस्पतालमा बिरामीको चाप बढेको छ । मौसम परिवर्तनका कारण डेङ्गीका साथै भाइरल ज्वरो, टाइफाइड, झाडापखाला वान्ता, बेहोस हुने लगायतका बिरामी बढ्न थालेका हुन् । भेरी…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका-४ का ३५ वर्षीय बब्लु यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ भदौ २६ गते उजुरी दिनुभएकाे छ । आरोपितले बालिकालाई ०८१…