चुनावमा धम्की दिएको आरोपमा कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार
स्थानीय तहको निर्वाचनमा उठेका उम्मेदवारलाई फोनबाट धम्की दिएको आरोपमा प्रहरीले वैशाख २५ गते नेपाल कम्युनिष्ट पार्टीको जिल्ला स्तरका दुई जना नेतालाई गिरफ्तार गरेको छ ।
बागलुङ जिल्लाको पश्चिमी क्षेत्रमा रहेको ढोरपाटन नगरपालिकाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य हरि कुँवर र वडिगाड गाउँपालिका घर भएका सोही पार्टीका जिल्ला सदस्य नरबहादुर क्षेत्रीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चन्द्र कुबिर खापुङले जानकारी दिए ।
खापुङले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन विरोधी गतिविधि बढेपछि शान्ति सुरक्षा कायम राख्नको लागि उनीहरूलाई गिरफ्तार गरिएको बताए ।
जिल्ला तहका नेतालाई प्रहरीले निर्वाचन बिथोल्न खोजेको बहाना बनाएर गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै तत्काल रिहाई गर्न माग गरेको सो पार्टीका जिल्ला इञ्चार्ज विकिरण क्षेत्रीले बताए ।
बागलुङमा नेपाल कम्युनिष्ट पार्टीले वैशाख ३१ गते हुने निर्वाचनमा भाग नलिन र निर्वाचनमा उम्मेवार बनेकालाई उम्मेदवारी फिर्ता लिन दबाव दिँदै उम्मेदवारको घरमा कालो झण्डा गाड्नेलगायतका गतिविधि सञ्चालन गरिरहेको छ ।
सृजना पन्त
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…