चुकेनी जलविद्युत् आयोजनामा गिट्टी कुटेको ज्याला नपाएको पीडितको गुनासो
चुकेनी जलविद्युत् आयोजनाका ठेकेदारले गिट्टी कुटेको पैसा नपाएको स्थानीय कामदारले गुनासो गरेका छन् । ठेकेदारले पातरासी गाउँपालिका –१ का स्थानीय महिलाहरुलाई आयोजनाको लागि गिट्टी कुट्न लगाएका थिए । तर आयोजना निर्माणको लामो समय अवधिसम्म समेत पैसा भुक्तान नगरेको पीडितले गुनासो गरेको हुन् ।
यस वडाका ढाई सय घरधुरीले आयोजनाका लागि गिट्टी कुटेका हुन् । आयोजनाले कुटेका गिट्टी पनि प्रयोग ग¥यो । आयोजना सम्पन्न हुन थालिसक्यो तर पैसा नै दिएको छैन । ढाई सय घरधुरीमा झण्डै एक करोड रुपियाँ बुझाउनु पर्ने छ । तर आज भोलि भोलि भन्दै पैसा नै दिन नमानेको स्थानीय जयबहादुर ऐडीले भन्नुभयो ।
यस्तै लामो समयदेखि कामदारका पैसा नै नदिएपछि ठेकेदार भागेर जाने सम्भावना देखेपछि स्थानीयले चाबी थुतेर डोजर नै कब्जा गरेको पातरासी गाउँपालिका –१ वडाध्यक्ष लालसिंह ऐडीले बताउनु भयो । उहाँले भन्नुभयो ‘ठेकेदारले आयोजना स्थलमा काम गर्न आएका कादारको रासन पानी स्थानीय व्यापारीबाट लिएका थिए । उधारो खाएको रकम समेत लामो समयसम्म भुक्तानी नगरेको हुनाले स्थानीयले डोजर समेत कब्जा गरेको । ’
‘लामो समय हुन्जेल पैसा पाएनौं । त्यसैले हामीले भन्दा पनि हाम्रा महिलाहरुले ठेकेदारबाट पैसा असुल्न डोजर जफत गरेका हुन,’ स्यानीय बुद्धि ऐडीले भन्नुभयो । ‘पैसा दिएपछि डोजरको चाबीे फिर्ता गर्न समस्या छैन । नत्र चाबी फिर्ता हुँदैन ।’ पढ्ने स्कुले बालबालिकाले समेत कापी कलम गरौंला, महिलाहरुले घर खर्च चलाउँला भनेर आस गरि हातका ओैंला फुटालेर, रगत निकालेर गिट्टी कुट्दाको पीडा ठेकेदारले नबुझेपछि गाउँलेहरु डोजर खोस्न बाध्य भएको उहाँले भन्नुभयो ।
अध्यक्ष ऐडीका अनुसार मलाई ठेकेदारले गाउँलेसँग काजग गराएर डाजेर छोड्न लगाउनु प¥यो भनेर भनेका थिए । तर गाउँलेहरुले नमानेपछि मैले मध्यस्थता गर्न सकिन । ठेकेदार कम्पनीले चानचुन ३० देखि ४० लाख रुपियाँ सम्म तिर्न बाँकी रहेको देखिन्छ ।
ठेकेदार कम्पनीलाई चाँडै कामदारको रकम भुक्तानी गर्न लगाउने र डोजर पनि फिर्ता गर्न लगाउने गरी लागेको पातरासी गाउँपालिकाका अध्यक्ष पूर्णासिंह बोहराले बताउनु भयो । ठेकेदार र कामदार, गाउँले र वडाध्यक्ष सबैलाई सँगै राखेर छलफल गराई पैसा भुक्तानी गर्नलाई पहल गर्नेछौ । पहलगरेर पनि डोजर फिर्ता गर्न लगाउनेछौं । धेरै हदसम्म ठेकेदार कम्पनीको लापरबाही गरेको उहाँले भन्नुभयो ।
ठेकेदार मेगा हाइड्रो एण्ड इन्जिनियरिङका प्रबन्धक चन्द्र क्षेत्रीले अन्तिम भुक्तानी प्राप्त नभएका कारण स्थानीयको खाएको र कामदारकोे पैसा नतिरिएको बताउनु भयो । आठ लाख रुपियाँ दशैमा तिरेको हो । अब १४ लाख रुपियाँ महिलाहरुले गिट्टी कुटेको पैसा र स्थानीय पसलबाट खाएर तिर्न बाँकी छ । त्यहाँ एकजनाको जग्गाबाट वडाअध्यक्षको रोहबरमा डोजर गरेर लिएको भएपनि पछि जग्गा धनिले पछि विवाद गरेका र कामदार महिलालेका कारण डोजर रोकिए हो । उहाँका उनुसार कब्जा गरिएको डोजर त्यहाँ स्थानीयको रोहबरमा फिर्ता लिने कोसिस भइरहेको बताउनु भयो ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…