चिसो बढेपछि बालबालिका खुल्ला चौरमा घाम तापेर अध्ययन गर्न बाध्य
नाम्खा गाउँपालिकाका बालबालिका अत्याधिक चिसो बढेपछि खुल्ला चौरमा घाम तापेर अध्ययन गर्न बाध्य भएका छन् । हिउँद महिना सुरू भएसँगै बालबालिकाहरू चिसोले कक्षा कोठाभित्र बस्न नसक्ने भएपछि बाहिर चौरमा घाम ताप्दै पढ्न बाध्य भएका हुन् ।
चिसो अत्याधिक बढेपछि खुला चौरमा घाम ताप्दै पढ्न बाध्य भएको नाम्खा गाउँपालिका–५ स्थित मुचु खासरपानि आधारभुत विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा सोनाम छिङडुन तामाङले बताउनु भएको छ । कक्षा कोठाभित्र चिसोले पढ्न नसकिने र बाहिर बस्दा हावाहुरीले सकस बनाएको छात्रा तामाङको गुनासो रहेको छ ।
चिसोले खोकी लाग्छ बाक्लो कपडा लगाउनु पर्छ कक्षा ८ मा अध्ययनरत छात्रा पुजा रोकायाको पनि उस्तै गुनासो छ । दिउँसो १ बजेदेखि हावाहुरीले चिसो हुन्छ, पढाइमा ध्यान दिनु भन्दा चिसोबाट कसरी बच्ने तर्फ ध्यान जाने गरेको छात्रा रोकायाले बताउनु भएको हो ।
कक्षाकोठा भित्र बालबालिका राखेर पठनपाठन गर्न सारै सकस हुने भएपछि सम्पूर्ण विद्यार्थीलाई बाहिर राखेर पढाउनु पर्ने बाध्यता भएको खासरपानी आधारभुत विद्यालय मुचुका प्रद्यानाध्यापक हर्कबहादुर बोहराले जानकारी दिनु भएको छ ।
उहाँले बालबालिकालाई पढाउन निकै सकस छ । बाहिर हावाहुरीले धुलाम्मे हुन्छ विद्यार्थीलाई पठनपाठनमा सकस छ । प्रद्यानाध्यापक बोहराको भनाई छ । हिउँद सुरू भएपछि बालबालिकालाई गाहो हुन्छ । ४५ जना बालबालिका अध्ययनरत रहेको विद्यालयमा चिसोले विद्यालय आउन छोडनेको सङ्ख्या पनि बढ्दै गएको प्रद्यानाध्यापक बोहराको भनाई छ ।
अत्याधिक चिसो बढेका कारण मुचुमा माइनस १२ डिग्रि सेल्सीयस तापक्रम छ । जसले बालबालिकामा विभिन्न रोगको संक्रमण बढ्ने गरेको छ । दैनिक दुई देखि चार जना विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने जस्ता विरामी पर्न थालेको विद्यालय स्रोतले जनाएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…