चिसोले हुप्सेकोटका पहिरो पीडितको दैनिकी कष्टकर बन्दै
चिसो अत्यधिक बढेपछि हुप्सेकोटका पहिरो पीडितको दैनिकी कष्टकर बन्दै गएको छ ।
हुप्सेकोट गाउँपालिका– ५ को वागखोरमा बसोबास गर्दै आएका १८ घरपरिवार २०७८ असार २४ गते गएको पहिरोबाट विस्थापित बनेका थिए । अविरल वर्षासँगै गाउँनै पहिरोको चपेटामा परेपछि सुरक्षाकर्मीको सहयोगमा उद्धारपछि गाउँपालिकाको वडा नम्बर– १ जुकेपानीमा रहेको अस्थाई टहरामा पहिरो पीडितलाई राखिएको थियो ।
पहिरोबाट पीडित भएकाहरूका लागि एक÷एक ओटा कोठा सहित अस्थाई टहरो निर्माण गरिएको थियो । टहरोसँगै अस्थाई टेन्टहरू पनि गाडिएका छन् । परिवार ठूलो हुनेहरू टहरोमा नअटेपछि टेन्टमा सुत्नुपर्ने बाध्यता रहेको छ ‘कोठा धेरै छैन जहान धेरै हुनेहरू कोठामा अट्दैनन्, टेन्टमा सुत्छन’ पीडित खगीसरा रानाले भन्नुभयो – ‘चिसो बेस्सरी बढेको छ तर के गर्ने जसोतसो गुजारा गरेका छौँ ।’ यहाँ रहेकाहरूमा एकै घरका दश जना सम्म परिवार छन् । जसो तसो टहरो र टेन्टमा गुजारा चलाएर बस्नुपर्ने बाध्यता उनीहरुको छ ।
अस्थाई टहरो साँघुरो हुँदा बासकै अप्ठ्यारो भएको दिलमाया सोमैले बताउनुभयो । जाडो मौसममा चिसोले कठ्याँङ्ग्रिएर बस्नुपर्ने अवस्था आएको उहाँले गुनासो गर्नुभयो । वृद्ध र बच्चालाई चिसोबाट जोगाउन निकै समस्या परेको उहाँले गुनासो गर्नुभयो । आफ्नो दुइ वर्षको बच्चा पनि चिसोले बिरामी परेर सास्ती पाएको उहाँले बताउनुभयो ।
पहिरोका कारण घरबारविहीन भई टहरामा कष्टकर जीवन गुजारिरहेका पीडित जाडो बढेपछि थप कष्ट बेहोर्न बाध्य भएका छन् । चिसो बढ्दै गएकाले अब कसरी दिन कटाउने भन्ने समस्यामा उनीहरु छन् ।
पहिरोबाट विस्थापित भएर अस्थाई टेन्ट र टहरोमा साढे दुई वर्ष बितिसक्दा पनि सरकारले स्थायी आवासका लागि केही गर्न नसकेको उनीहरूको गुनासो छ ।
‘गएको साउनमा दुई वर्ष नाघ्यो, यही शिविरमा तीनवटा पुसको जाडो काट्यौं’ देउसिंह सोमैले भन्नुभयो –‘उता फर्केर जाने जस्तो छैन, अस्थाई टहरामा कतिञ्जेल रहने टुङ्गो छैन , भएको घरखेत छोडेर आउनुपर्दा मेला मजदुरी गरेर जीवन निर्वाह गर्नुपरेको छ, प्रशस्त न्यानो कपडा किन्न पनि सकिन्न । सुरु सुरुमा केही सङ्घसंस्थाहरूले सहयोग गरेका थिए , अहिले त सहयोग पनि भएको छैन् । ’
पहिरोबाट विस्थापितहरू व्यवस्थापनका लागि गाउँपालिकाले पहल गरिरहेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । उद्धारसँगै अस्थाई शिविरको लागि गाउँपालिकाले व्यवस्थापन गरेपनि थप व्यवस्थापन गर्न प्रदेश र संघ सरकारसँग आफूले समन्वय गरिरहेको उहाँले बताउनुभयो । स्थाई रुपमा जग्गा दिएर अर्को ठाउँमा व्यवस्थापन गर्ने विषयमा कतिपय कानूनी प्रक्रिया पु¥याउन आवश्यक रहेकाले त्यसको लागि समन्वय भइरहेको उहाँले बताउनुभयो ।
ज्ञानु पंगेनी
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२ वर्षीय हजुरबुबा भुविन्द्र खत्रीलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार…
१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !
जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बित्दा पनि अस्पताल सञ्चालन विहिन अवस्था देख्दा स्थानीयहरू निरास हुँदै…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका-१ का २२ वर्षीय धिरेन्द्र मण्डल विरुद्ध ०८१ माघ २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय, यदुकुहामा उजुरी दिनुभएको छ । पीडित…
यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद…
बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश शम्भु रेग्मिको इजलासले…