चिसोले रौतहटमा चारजनाको मृत्यु, तीन नगरपालिकाका विद्यालय बन्द
चिसोका कारण रौतहटमा चारजनाले ज्यान गुमाएका छन् । पुस १ गतेदेखि सुरु भएको शीतलहरको कारण अत्यधिक चिसोबाट कठ्याँग्रिएर चार जनाको मृत्यु भएको हो ।
दुर्गा भगवति गाउँपालिका ५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६७ वर्षीय जनकदास तत्माको गत पुस ६ गते मृत्यु भएको हो ।
यस अघि पुस ३ गते गुजरा नगरपालिका २ का ५४ वर्षीया गिरीजाकुमारी बैठा र ७० वर्षीय बनहु माझीको चिसोकै कारण मृत्यु भएको थियो । बैठा र माझीको चन्द्रनिगाहापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लामा चिसोका कारण चारजनाको मृत्यु भएको बताउनुभयो । तर, यसबारे मेडिकल रिपोर्ट भने नआएको उहाँको भनाइ छ ।
जिल्ला अस्पताल रौटहटका डा. कृष्ण साह भने पोष्टमार्टम बाट चिसोको कारण मृत्यु भएको रिपोर्ट दिने बताउनुहुन्छ ।
यसका लागि काठमाण्डौस्थित त्रिवि टिचिङ्ग अस्पतालमा मात्र पोष्टमार्टम हुने डा. साहको भनाइ छ । अत्यधिक चिसोको कारण विभिन्न रोगहरुले च्याप्ने गर्दा पनि मृत्यु हुने उहाँले बताउनुभयो ।
विगतका वर्षहरुमा चिसोका कारण ज्यान गुमाउनेलाई सरकारले राहत दिँदै आएको थियो । प्रमुख जिल्ला अधिकारी थापाले चिसो मौसममा बाहिर ननिस्कन तथा आगोको साहारा एवम् न्यानो लुगा लगाएर बस्न आग्रह गर्नुभएको छ ।
विपत व्यवस्थापन समितिको पहलमा पुस ७ गते बडहर्वामा अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले ५० भन्दा बढी स्थानमा वन कार्यालयको समन्वयमा दाउरा वितरण गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी कवित कटवालले बताउनुभयो ।
तीन नगरपालिकाका शैक्षिक संस्था बन्द
अत्यधिक चिसो बढेपछि तीन ओटा नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । गरुडा, राजदेवी र वृन्द्रावन नगरपालिकाले सूचना प्रकाशन गरी पुस ११ गतेसम्मका लागि विद्यालय बन्द गर्ने जनाएका हुन् ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…