चिसोको कारण सात जना भूकम्प प्रभावितको मृत्यु
चिसोको कारण जिल्लाको विभिन्न स्थानमा सात जना भूकम्प प्रभावितको मृत्यु भएको छ । भूकम्पपछि त्रिपालमुनिको बासले दिर्घरोगी र ज्येष्ठ नागरिकको चिसोले मृत्यु भएको हो ।
बारेकोट गाँउपालिका–४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिह, वडा नम्वर १ रामीडाँडाका ७० वर्षीय डुमे पुनको मङ्सिर १ गते मृत्यु भएकोे छ । त्यसैगरी भेरी नगरपालिका–२ का ८० वर्षीय धुलेश्वर कार्की, नलगाड नगरपालिका–४ लहँका ७० वर्षीय गोपालबहादुर रावल, सोहि वडाकी ४७ वर्षीया पम्फा रावल, छेडागाड नगरपालिका–१३ की ५६ वर्षीया मनसरी कामी र जुनीचाँदे गाँउपालिका–४ लुहादहकी ८९ वर्षीय सुगिली नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएस्पी सन्तोष रोकाले बताउनु भयो ।
त्रिपालमुनिको बसार्ई तथा दिर्घरोगले ग्रसित नागरिकको मृत्यु भएको छ । स्वास्थ्य समस्या आएपछि चिसो छल्ने न्यानो कपडा तथा बास नपाएपछि मृत्यु भएको छ ।े भूकम्प पीडित नागरिक पखाला, रुघाखोकी, ज्वरोका बिरामी दैनिक ५० भन्दा बढी स्वास्थ्य संस्थामा आउने गरेको बारेकोट गाँउपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताउनु भयो । भूकम्प पीडितले समयमा नाना र खाना नपाउनु शित, चिसो छल्ने कपडा प्रर्याप्त नपाउँदा फोक्सो मुटु, दमका दिर्घरोगी समस्यामा परेका छन् । नियामित औषधि प्रयोग गर्ने नागरिकको घरमै औषधि पुरिएपछि नियमित औषधि खाना पाएका छैनन् ।
चिसोले लेकाली भेगका नागरिक थला परेका छन् । नलगाड नगरपालिका–४ का वडा अध्यक्ष बद्री पन्तले राहतको भरमा दिन रात विताएका नागरिक त्रिपालमुनीको बसाई चिसो, शितका कारण बिरामी पर्न थालेका छन् । जिल्लाबाट प्राप्त राहत सामाग्री परिवारलाई एक थानका दरले वितरण गरेपनि चिसो छेक्न नसकेका कारण बिरामी पर्ने थालेको वडा अध्यक्ष पन्तको भनाइ छ ।
भूकम्पले क्षतिग्रस्त भएका घरका नागरिक रुघाखोकी ज्वरो, पखालाका कारण स्वास्थ्य समस्या भएका छन् । सबै भन्दा बढी धनजनको क्षति भएको नलगाड नगरपालिकाका अधिकाँश पीडितले स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्य शाखाका इन्चार्ज प्रचण्ड कार्कीले बताउनुभयो । सित र जाडो छल्ने प्रयाप्त लत्ता कपडा नहुदाँ त्रिपालबाट शित चुहिने चिसो मौसम अत्याधिक जाडो आगोको भरमा दिनरात बिताउन बाध्य भएपछि स्वास्थ्य समस्या बढेको छ ।
गर्भवती सुत्केरी जेष्ठ नागरिक, बालबालिका, निमोनिया, दम, मुटुका रोगीलाई असर गरेको छ । आगो बालेर ताप्ने बाहेक अन्य कुनै विकल्प छैन । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–३ का नरेश शाहले बताउनुभयो । उहाँका अनुसार आफूभन्दा पनि छोराछोरी बिरामी पर्छन की भन्ने चिन्ताले सताउने गरेको भनाइ छ ।
भेरी नगरपालिका–१ रावतगाँउ ठुलो धनजनको क्षति गरेको छ । शित र जाडो छल्ने कपडा नहुदाँ नागरिकहरुलाई स्वास्थ्य समस्या देखिन थालेको भेरी नगरपालिका–१ का दिपक नेपाली बादीले जानकारी दिनुभयो । त्रिपालमुनि राहत पाएको एक थान सामानले सबै परिवारलाई पुग्ने अवस्था नभएपछि आगो बाल्नुको विकल्प नभएको उहाँले बताउनुभयो
श्रम र ज्यालामदुरीबाट दैनिकी चलाएका नागरिकलाई विनाशकारी भूकम्पले थिलोथिलो बनाएको छ । अधिकाँश स्थानमा खेती लगाएको जमिनमा त्रिपाल लगाएर बस्ने गरेपछि गहुँ चना, मसुरो लगाएतका हिउदै बाली नोक्सान भएका छन् । बेलैमा सरकारले गाँस बास कपासको व्यवस्था नगरेपछि धेरै क्षति हुने सम्भावना बढेको छ ।
बासुदेव शर्मा
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…