चिर्पट प्रहार गरी दाजुको हत्या, आरोपित गिरफ्तार

  ०८१ असार २७ गते

धवलागिरी गाउँपालिका– ५ मलम्पारमा ४२ वर्षीय धनबहादुर छन्त्याललाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा आफ्नै भाई ३९ वर्षीय सोमबहादुर छन्त्याललाई प्रहरीले असार २६ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार २०८१ असार २५ गते राती ११ बजे सामान्य विवाद हुँदा सोमबहादुर छन्त्यालले आफ्ना दाजु धनबहादुर छन्त्याललाई दाउराको चिर्पट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको थप अनुसन्धान भै रहेको र शवको पोष्टमार्टमको लागि बेनी अस्पतालमा राखिएको इन्सपेक्टर रायमाझीले जानकारी दिनुभयो ।


अमृतप्रसाद पौडेल