चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा जेठाजु गिरफ्तार
सिदिन गाविस-९ की २५ वर्षीया सङ्गीता राई मगरलाई चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा असोज २८ गते उनका ४० वर्षीय जेठाजु दिपेन्द्र मगरलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज २८ गते टाउकोमा चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरी चौकी सिदिनमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रिपेन्द्रकुमार सिंहले बताए ।
कुटपिटबाट घाइते भएकी पीडित महिलाको टाउकोमा चार ओटा टाँका लगाइएको र अहिले उनको उपचार जिल्ला अस्पताल पाँचथरमा भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । पीडित महिलाको थप उपचारका लागि झापाको विर्तामोड लाने तयारी गरिएको पीडित महिलाका आफन्तले जानकारी दिए ।
'सुरुमा वहाँले खुकुरी प्रहार गर्न खोज्नुभयो । खुकुरी खोसेपछि चिर्पटले प्रहार गर्नुभयो ।'-पीडित महिलाले बताइन् ।
मङ्गल बेघा
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…