चिया मजदुरलाई सरकारले तोकेको भन्दा कम ज्याला
इलामका चिया मजदुरहरूले नेपाल सरकारले तोकेको ज्याला भन्दा कम ज्यालामा अहिले पनि काम गरिरहनु परेको गुनासो गरेका छन् ।
मजदुरहरूले वर्षौंदेखि राजपत्रमा प्रकाशित गरिएभन्दा कम ज्यालामै काम गर्न बाध्य हुनुपरेको गुनासो गरेका हुन् ।
सरकारी स्वामित्वमा रहेका इलाम, कन्याम, सोक्तिम र चिलिमकोट चिया बगानमा कार्यरत मजदुरहरूले ज्याला पाए वापतको आफूहरूले तिरेको एक प्रतिशत कर पनि आफ्नो नाममा नहुने र कम्पनीका नाममा जम्मा हुने गरेको बताएका छन् ।
मजदुरहरूले आफ्नो ज्यालाबाट करतिरे पनि करदाता कार्यालयबाट पान नम्बर लिएर आफ्ना नाममा जम्मा गर्न नपाउँदा राज्यलाई कर तिर्ने अधिकारबाट वञ्चित गरेको अखिल नेपाल चिया मजदुर सङ्घकी अध्यक्ष सीता सापकोटाले बताइन् ।
मजदुरहरूलाई ०७४ साउनदेखि बगानमा काम गर्ने मजदुरलाई २ सय ७८ रुपियाँ दैनिक ज्याला दिने व्यवस्था छ । बगानमा काम गर्ने मजदुरले अहिले २ सय ४० रुपियाँमात्र पाउने गरेको कन्यामका चिया मजदुर विष्णु भट्टराईले जनाकारी दिए । इलामका यी बगानमा अहिले स्थायी र मौसमी मजदुर गरेर करिव ८ सय मजदुर रहेको अखिल नेपाल चिया मजदुर सङ्घले जनाएको छ ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
एम्बुलेन्स चालकमाथि हातपात
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि हातपात गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते हातपात गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी…
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…