चिया बगानमा कार्यरत श्रमिकको अधिकार सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले झापा जिल्लाका चिया बगानमा कार्यरत श्रमिकहरूको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता टिकाराम पोखरेलले ०८० साउन २३ गते एक विज्ञप्ति जारी गर्दै श्रमिक श्रम ऐन तथा नियमावलीबमोजिम न्युनतम पारिश्रमिक लगायतका सेवा सुविधा नपाएको भन्दै असार ३१ गतेदेखि आन्दोलित भइरहेका झापा जिल्लाका चिया बगानमा कार्यरत श्रमिकको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगको विज्ञप्तिमा चिया बगानका श्रमिकले न्यूनतम पारिश्रमिक एवम् सामाजिक सुरक्षा कोष ऐन, २०७४ अनुसार पाउनुपर्ने सेवा-सुविधा पाउन नसकेको, करिब ८० प्रतिशत महिला श्रमिक कार्यरत रहेकोमा प्रचलित कानुन अनुसारको सुत्केरी बिदा नपाएको, गाँस, वास, कपास, खानेपानी, शौचालय, शिक्षा, स्वास्थ्यको उपयुक्त प्रबन्ध नरहेको, रोजगारदाताले तलब, भत्तालगायतका सेवा-सुविधा समयमा उपलब्ध नगराएको, विषादीका कारण श्रमिकहरू दीर्घरोगी बन्नु परेको, दुई/दुई वर्षमा पुनरावलोकन भई तलब वृद्धि हुनुपर्नेमा नभएको र सेवानिवृत्त श्रमिकले पाउनुपर्ने सेवासुविधा नपाएको उल्लेख छ ।
विज्ञप्तिमार्फत आयोगले श्रमिकको अधिकारको सम्मान गर्दै न्यूनतम तलब सुविधाको आवधिक पुनरावलोकन गर्न, पेशागत स्वास्थ्य र सुरक्षाको उचित व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा चिया बगानका श्रमिकलाई आबद्ध गर्न, उपदानवापत श्रमिकले पाउने रकम समयमै उपलब्ध गराउने व्यवस्था गर्न र वार्ताको माध्यमबाट आन्दोलनरत श्रमिकका उचित माग तत्काल सम्बोधनका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।
नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक, उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था रहेको, श्रम ऐन, २०७४ ले रोजगार सम्झौता नगरी काममा लगाउन नपाइने, सामाजिक सुरक्षाको व्यवस्था, साप्ताहिक, सार्वजनिक, सट्टा, घर, बिरामी, प्रसूति, किरियालगायतका बिदाको व्यवस्था गरेको र सञ्चय कोष, उपदान, औषधि-उपचार, बिमा, दुर्घटना बिमा, व्यवसायजन्य सुरक्षा, आश्रित परिवारलाई आवासको प्रबन्ध, निःशुल्क प्राथमिक उपचारलगायतका व्यवस्था पनि श्रम ऐन, २०७४ ले गरेको कुरालाई आयोगले स्मरण समेत गराएको छ ।
त्यस्तै नेपाल पक्ष राष्ट्र भएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले व्यक्तिको काम गर्ने अधिकार, न्यूनतम पारिश्रमिक, विश्राम, फुर्सद तथा कार्य घन्टाको उचित सीमाङ्कन, वृत्तिविकासको अधिकार, ट्रेड युनियन खोल्नेलगायतका अधिकारहरू समेटिएका छन् ।
चिया बगानमा कार्यरत श्रमिक विभिन्न माग राखी असार ३१ गतेबाट झापामा आन्दोलित छन् । आयोगले पर्याप्त कानुनहरू भएपनि कार्यान्वयनमा सम्बन्धित पक्ष संवेदनशील हुन नसक्दा चिया बगानमा कार्यरत श्रमिकले लामो समयदेखि समस्या झेल्दै आएको जनाएको छ ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…