चितवन क्षेत्र नंं. २ मा उपनिर्वाचन सम्पन्न (फोटो फिचर)
चितवन क्षेत्र नंं. २ मा उपनिर्वाचन सम्पन्न भएको छ । चितवनमा ०८० वैशाख १० गते सम्पन्न भएको निर्वाचनमा ७८ हजार २ सय ७७ अर्थात ६२ प्रतिशत मत खसेको छ । जम्मा मतदाता १ लाख २४ हजार ६ सय ९५ रहेकोमा ७८ हजार जतिमात्र मत खसेको हो ।
०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा ६७ प्रतिशत मत सोही क्षेत्रमा खसेको थियो ।
भरतपुर महानगरपालिका-११ को नयाँकिरण मावि मतदान केन्द्रमा दिउँसो नाराजुलुस सहित पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र उनको समर्थकबाट मतदान क्षेत्रमा प्रचार तथा नाराबाजी भएपछि तीन घण्टा मतदान स्थगित भएको थियो ।
३ बजेर ३० मिनेटमा पुन सुरु मतदानमा रास्वपाले आचारसंहिता उल्लङ्घन गरेको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन परेको र छानविन हुने प्रतिवद्धता लिखित रुपमा गरिएको थियो ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाली कांग्रेस चितवनले मुख्य निर्वाचन अधिकृतलाई छानविनका लागि निवेदन दिएको थियो ।
उपनिर्वाचन भएको विकट क्षेत्रबाट भरतपुरमा मतपेटिका ल्याउन थालिएको छ । मतगणना स्थल भरतपुर स्थित उद्योग सङ्घको प्रर्दशनी हलमा धमाधम मतपेटिका आइरहेको सहायक मतदान अधिकृत इश्वर आचार्यले बताउनु भयो ।
मतदान कहिलेबाट सुरु गर्ने भन्ने विषयमा दलहरूसँग छलफलपछि निर्णय गरिने उहाँको भनाइ छ । मतगणना स्थलमा सिसीक्यामरा र तारजाली राखिएको छ ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…