चितवनमा बीसीजी खोपको सिरिञ्ज अभाव
चितवन जिल्लामा बिसीजी खोपको सिरिञ्ज अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले जनाएको छ । जन्मने बितिक्कै शिशुलाई क्षयरोगविरुद्ध दिने बिसीजी खोपको सिरिञ्ज चितवन जिल्लामै अभाव भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले वैशाखदेखि बिसीजी खोपको सिरिञ्ज अभाव हुँदै आएको जानकारी दिएको छ । चितवन जिल्लालाई चाहिएजति बिसीजी खोपको सिरिञ्ज नआउँदा बर्सेनी यसको अभाव हुँदै आएको छ ।
'जिल्ला जनस्वास्थ्य कार्यालयसँग बिसीजी खोपको सिरिञ्ज स्टकमा छैन । हामीसँग भएको सबै सकियो । फिल्डमा अलिअलि होला । अब माग्न आउनेलाई छैन भन्नुपर्छ ।'-जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका कोल्ड चेन अधिकृत वेदप्रसाद अधिकारीले भने । उनले क्षेत्रीय मेडिकल स्टोर हेटौँडाबाट बिसीजी खोपको सिरिञ्ज नआएको बताए ।
चितवनमा वर्षको २५ हजार बिसीजी खोपको सिरिञ्ज आवश्यक पर्ने पनि उनले बताए । कोल्ड चेन अधिकृत अधिकारीले यो वर्षचितवनमा जम्मा १९ हजार बिसीजी खोपको सिरिञ्ज आएको जानकारी दिए । उनले भने-'चाहिन्छ २५ हजार, आउँछ १९ हजार अनि कहाँबाट सिरिञ्ज पुग्छ ?'
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…