चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. केसी पुनः अनसनमा
चिकित्सा क्षेत्र सुधारको माग गर्दै त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसी असोज १० गतेदेखि पुनः आमरण अनसनमा बसेका छन् ।
चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा डा. केसीले उठाउँदै आएका माग सम्बोधन प्रक्रियामा केही प्रगति भएपनि संवैधानिक निकायबाट भएका हस्तक्षेप र अनियमितता विषयमा संसद मौन बसेको भन्दै अनसन बस्नु परेको डा. केसीले बताए । यो उनको नवौं पटकको अनसन हो ।
उनले सरकार समक्ष पेश गरेका सुझावअनुरुप संशोधन गरी चिकित्सा शिक्षा ऐन संसदको यही अधिवेशनबाट तुरुन्त पारित गर्न, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमान सिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाअभियोगको प्रक्रिया अघि बढाउन, मेडिकल शिक्षाको शुल्क माथेमा कार्यदलले निर्धारित गरे बमोजिम तथा पछिल्लो सम्झौताबमोजिम कायम गर्दै पछिल्लो पटक निजी मेडिकल कलेजका प्रतिनिधिहरूद्वारा बनाइएको कथित समितिलाई खारेज गर्न माग गरेका छन् ।
त्यस्तै अघिल्लो पल्ट भएको सम्झौताका बाँकी वरिष्ठताका आधारमा कार्यान्वयन गर्न अनसनरत केसीले माग गरेका छन् । अघिल्लो पटक सरकार र डा. केसी समर्थकबीच आइओएममा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने, आइओएमका पूर्व पदाधिकारीमाथि तत्काल छानबिन गर्ने र कारबाही अघि बढाउने सम्झौता भएको थियो ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…