चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आमरण अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर

चिकित्सा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै ११ औँ पटक आमरण अनसन सुरु गरेको आज १५ औँ दिन चिकित्साशास्त्र अध्ययन संस्था (आइओएम) त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको अवस्था कमजोर बन्दै आएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

Photo20170807Ktm

प्रोफेसर दिव्या सिंह शाहले डा. केसीको स्थिति नाजुक बन्दै आएको, अक्सिजनको तह घट्दै गएको, छाती तथा स्वास्प्रश्वासलगायतका समस्या देखिएको बताएकी छन् ।

प्रा. डा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डिन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै साउन ९ गतेबाट अनसन थालेका हुन् । शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा अनसन सुरु गरेका प्रा. डा. केसी पक्ष र सरकारबिच पटकपटक वार्ता भइरहे पनि सम्झौता हुन सकेको छैन ।


इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँ