चिकित्सक कुटपिट घटनामा इन्सेक सहित अधिकारकर्मीद्वारा अनुगमन
मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युलाई लिएर डाक्टरलाई कुटपिट तथा अस्पतालमा तोडफोड गरेको विषयलाई लिएर इन्सेक प्रदेश गण्डकी प्रदेश कार्यालयका टिम र अधिकारकर्मीको टोलीले असोज ९ गते घटनाका विषयमा अनुगमन गरेको छ ।
अस्पतालमा उपचारका लागि लमजुङबाट ल्याइएकी बिरामी ५७ वर्षीया सुकमाया दुराको असोज ८ गते निधन भएको थियो । आइसियुमा राखेर उपचार गर्ने क्रममा बिरामीको निधन भएपछि मृतकका आफन्तले सोमबार डाक्टर शाहमाथि हातपात गरेका थिए । डाक्टरमाथि हातपात भएको उजुरी परेपछि पोखरा– ५ मालेपाटनका विनय गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले ८ गते नै गिरफ्तार गरेको थियो ।
मृतकका आफन्तहरु आक्रोशित भई कुटपिट तथा तोडफोड गर्दा अस्पतालका कर्मचारी तथा विधार्थीहरु संग विवाद अनियन्त्रित भएको थियो । सोही नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालित गरिएको थियो । साे क्रममा प्रहरीले डाक्टरहरु माथि पनि कुटपिट गरेकाे अस्पतालका डाक्टर विश्वदीप तिमिल्सिनाले बताउनुभयाे । डाक्टरमाथि भएको आक्रमणको विरोधमा पोखराका सबै अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
अधिकारकर्मीको टोली असोज ९ गते अस्पतालमा पुग्दा अस्पताल निर्देशक डाक्टर अभिषेक मास्केले काम गर्ने मनोबल कम भएको बताउनुभयो । ‘बिरामीको स्वास्थ्य स्थिति कस्तो थियो भन्ने कुरा नबुझि आफन्तहरुले आक्रोशित भएर कुटपिट गरे । अस्पताल भवन तोडफोड गरिएको छ,’ डाक्टर मास्केले भन्नुभयो, ‘यस्तो घटनाले देशभरीका डाक्टरहरुको मनोबल नै गिरेको छ । काम गर्न सक्ने र गराउन सक्ने अवस्थामा कोही पनि छैनौ । डाक्टर कुट्नेलाई कानुनी दायरामा नल्याएसम्म अस्पतालको ओपिडी सेवा सुचारु हुँदैन ।’
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर अनिल ओडुभिलले मणिपाल शिक्षण अस्पताल भएकाले विदेशबाट पढ्न आएका मेडिकल विद्यार्थीहरु त्रसित भएकोले यस्ता घटनाले विदेशमा समेत नराम्रो सन्देश जाने बताउनुभयो ।
अस्पतालका डाक्टर विश्वदीप तिमिल्सिनाले ‘एउटा अस्पतालबाट रिफर भएर आएको बिरामी जटिल नै हुन्छ । ‘अस्पताल आइपुगेका कोही पनि बिरामीको मृत्यु होस् भनेर कुनै डाक्टरले सोच्दैनँ । डाक्टरले आफू भित्रको क्षमता ज्ञानलाई प्रयोग गरेर बिरामी बचाउन प्रयास गरिन्छ तर, उपचारका क्रममा सबैको सफल हुन्छ भन्ने हुन्नँ । यस्तो विषय सबैले बुझन पर्छ ।’
घटनास्थलमा पुगेका इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले आक्रोशित भिडले डाक्टर कुटिनु दुखद भएको सुनाउनुभयो । अस्पताल प्रशासनसँग चित्त नबुझेका कुरा सम्बन्धित ठाउँमा उजुरी गर्नुपर्नेमा तोडफोड र हातपातमा उत्रनु गलत हो,’ उहाँले भन्नुभयो ।
अधिकारकर्मीको टोलीले अस्पतालबाट निरन्तर सेवा प्रवाह गर्न अस्पताल प्रशासनलाई अनुरोध गरेको छ । अस्पतालमा आइपुगेका बिरामीलाई उपचार गराउन प्रमुख खकुरेलले माग गर्नुभयो । शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका पूर्व संयोजक विष्णुप्रसाद बरालले अस्पताल प्रशासनलाई ओपिडी सेवा सुचारु गर्न आग्रह गर्नुभयो ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…