चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि कुटपिट गरेको आरोपमा पोखरा महानगरपालिका– ५ मालेपाटन निवासी विनय गुरुङलाई प्रहरीले असोज ८ गते गिरफ्तार गरेको छ ।
५७ वर्षीया सुकमाया दुरालाई सामान्य ज्वरो आएपछि उपचारका लागि असोज ७ गते मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा उपचारको क्रममा असोज ८ गते निधन भएपछि उहाँका आफन्त उपचारमा लापरवाही भएको भन्दै विरोधमा उत्रिएर विवाद भएपछि डाक्टरमाथि कुटपिट भएको हो ।
सोही विवादका क्रममा गुरुङले डाक्टर शाहमाथि कुटपिट गरेको सीसी टीभी फुटेजमा देखिएपछि प्रहरीले गुरुङलाई गिरफ्तार गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेका कास्की जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार बि.कले जानकारी दिनुभयो ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…