चिकित्सक कुटपिट गरेको भन्दै विवाद उक्साएको आरोपमा इन्स्पेक्टरलाई निलम्बन गर्न सिफारिस
मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी ५७ वर्षीया सुकमाया दुराको आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएका इन्स्पेक्टरलेनै ‘डाक्टरहरुलाई कुटेर आएँ’ भन्दै विवाद उक्साएको आरोपमा इन्स्पेक्टर मदन श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
उक्त दिनको घटनाका बारेमा छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समिति समेत बनेको छ ।
मणिपालमा शान्ति सुरक्षाकै लागि खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताउनुभयो ।
दुराको आफन्त र चिकित्सकबिच विवाद उत्पन्न भएपछि चिकित्सकमाथि कुटपिट भएको भन्दै चिकित्सकहरु आन्दोलित छन् । मणिपालमा भर्ना भई उपचार गराइरहेका अरु बिरामीहरुको उपचार पनि प्रभावित भएको छ ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…