चिकित्सकको लापरवाहीका कारण बिरामी मार्कामा
मलङ्गवा नपा–८ स्थित सर्लाही जिल्ला अस्पतालको लापरवाहीका कारणले गर्दा सेवाग्राही बिरामीहरू मार्कामा पर्ने परेका छन् ।
अस्पतालमा स्वास्थ्यकर्मीले बिरामीहरूको कुनै हेरचाह नगरेको तथा सलाइन पानी सकिन लागेको भएतापनि ध्यान नदिएको र बिरामीको अवस्था गम्भीर हुने गरेको कविलासी नगरपालिकाका बिरामी महेन्द्र रायका कुरूवा ३२ वर्षीय छोरा दिनेश राय यादवले बताए ।
अस्पतालमा कुन बेला कसको पालो पर्छ ? काम गर्ने कर्मचारीको नाम थाहा नहुने र कर्मचारीहरूको उपस्थिति पनि नदेखिने खालको लापारवाही हुने गरेको दिनेश रायले बताए ।
इन्सेक जिल्ला प्रतिनिधि सर्लाही जिल्ला अस्पताल पुग्दा वार्डमा चिकित्सक नरहेको, बिरामीहरू छटपटाइ रहेका थिए ।
त्यस्तै बिरामीका कुरूवाहरू चिकित्सकलाई खोजिरहेका थिए । अस्पतालका डाक्टर वीरेन्द्रकुमार मण्डललाई फोन गर्दा उनको फोन पनि उठेन ।
मलङ्गवा नगरपालिकाका मेयर निरसल साहले यसप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अस्पताल व्यवस्थापनमा ध्यान दिने बताए ।
वुधन साह
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…