चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप, अस्पतालले नाबालिकालाई कक्षा १२ सम्म पढाइदिने
भक्तपुर नगरपालिका-६ सिद्धि स्मृति महिला तथा बाल अस्पतालका चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लागेपछि पीडित पक्ष र अस्पताल प्रशासनबिच छलफल हुँदा अस्पतालमा जन्मेकी बालिकालाई कक्षा १२ सम्म पढाउन अस्पताल तयार भएपछि सहमति भएको छ ।
अस्पताल प्रशासनसँग भएको भदौ १९ गते सहमति भएपछि शवको पोष्टमार्टम नगरी दाहसंस्कार गरेको मृतकका जेठाजु लोकबहादुर तामाङले बताउनु भयो ।
उहाँले अस्पताल प्रशासन र पीडितका आफन्तबिचको छलफलमा अस्पतालमा जन्मिएकी छोरीलाई कक्षा १२ सम्म अस्पतालले पढाइ दिने र उपचारमा लागेको शुल्क मिनाहा गर्ने सहमति भएको जानकारी दिनुभयो ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ डाँडागाउँकी ३० वर्षीया रिता तामाङको भदौ १८ गते बिहान १० बजे त्रिवि शिक्षण अस्पताल काठमाडौँमा मृत्यु भएको थियो । पीडितका आफन्तले घरबाट सुत्केरी गराउन १५ गते सिद्धि स्मृति अस्पतालमा ल्याएपछि तामाङलाई सोही दिन ४ बजे शल्यक्रिया गरी सुत्केरी गराइएको थियो ।
पीडित पक्षले सिद्धि स्मृति अस्पताका चिकित्सकको लापरबाहीले गर्दा मृत्यु भएका भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग राखी भदौ १८ गतेदेखि अस्पताल परिसरमा विरोध प्रदर्शन गर्दै आएको थियो ।
बिरामीको अवस्था जटिल भएको भन्दै अस्पतालले एक्कासी भदौ १७ गते बिहान त्रिवि शिक्षण अस्पतालमा पठाएको हुँदा चिकित्सकले लापरबाही गरेको र ढिलो गरी शिक्षण अस्पताल पठाउँदा बिरामीको मृत्यु भएको पीडित पक्षको आरोप थियो ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…