चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु, मृतक पक्ष आन्दोलित
चिकित्सकको लापरबाहीका कारण ६ वर्षीया बालिकाको उपचारको क्रममा भदौ ११ गते मृत्यु भएको छ । घटना पछि मृतक पक्षले गुल्मी अस्पताल, तम्घासमा आन्दोलन गरेका छन् ।
अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–७ भगवतीकी प्रसंसा मरासिनीको चिकित्सकको लापरबाही कारणले मृत्यु भएको भन्दै पीडित पक्षले अस्पतालमा आन्दोलन सुरू गरेका छन् ।
बालिकालाई पेट दुख्ने र बान्ता हुने समस्या भएपछि भदौ ११ गते गुल्मी अस्पताल तम्घासमा भर्ना गरिएको थियो । भदौ ६ बजे सुईबाट एण्टिबायोटिक दिएको केहिबेरमै छोरीको मृत्यु भएको बुबा राजेश मरासिनीले गुनासो गर्नुभयो ।
“सुई लगाउने बित्तिकै छोरीलाई अप्ठ्यारो भएपछि समयमा डाक्टरहरू नआएका कारण छोरीको अकालमा मृत्यु भयो ।” मृतकका बुवाले आरोप लगाउनुभयो ।
‘चिया बिस्कुट माग्ने र हिडडुल गर्ने छोरीको सुई लगाएको १५ मिनेटमै मृत्यु भयो ।,’मरासिनीले भन्नुभयो ।
अस्पतालका निमित्त प्रमुख डाक्टर राजेन्द्रबहादुर जिसीले बालिकाको रिर्पोटहरू सबै सामान्य भएपनि बिहान एण्टिबाइटिक दिनेबित्तिकै थप समस्या देखिएर मृत्यु भएको स्वीकार गर्नुभयो ।
अस्पताल विकास समितीका अध्यक्ष गोपाल पाण्डेयले घटनाको सत्यतथ्य छानविन गरेर पीडितलाई न्याय दिनुपर्नेमा जोड दिनुभयो । नागरिक समाज गुल्मीका संयोजक पदम पाण्डेयले बालिकाको स्वास्थ्य थप गम्भिर समस्या देखिएपछि पनि डियुटीमा रहेका चिकित्सकहरूको लापरबाहीले मृत्यु भएको बताउनु भयो ।
रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले आन्दोलन भन्दा पनि बार्ता र सम्वादका माध्यमबाट सत्यतथ्य बाहिर ल्याएर बालिकाको परिवारसहित आम नागरिकको अस्पतालप्रतिको विश्वास कायम राख्नुपर्ने बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयमा सबै सरोकारवाला बसेर परिवार र अस्पतालसँग छलफल तथा छानविन समिति निर्माण गर्ने तयारीमा रहेको छ ।
अस्पतालमा तनाव सृजना भएका कारण अस्पतालको ओपिडी सेवा पनि बन्द भएको छ ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…