चालु अवस्थामा रहेको भिडियो एक्सरे मेशिनलाई बिग्रीएको बताएपछि आठ महिनादेखि सेवाग्राही मर्कामा
जिल्ला अस्पताल बिजुवार रहेको भिडियो एक्सरे मेशिन अस्पतालले बिग्रिएको झुटो कारण देखाएका कारण आठ महिनादेखि सेवाग्राही मर्कामा पर्दै आएका छन् ।
जिल्ला अस्पताल बिजुवारमा उपचार गर्न आउने बिरामीहलाई डाक्टरहरूले अस्पतालमा रहेको भिडियो एक्सरे मेशिन बिग्रिएको भन्दै ढाट्ने र निजी मेडिकलमा पठाउने गरेकामा उक्त मेशिन नबिग्रिएको खुलासा भएको छ ।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रमिला खनालले एक्सरे मेशिन सही अवस्थामा हुदाँपनि डाक्टरले प्रयोग नगरेको बताउनु भयो । बिग्रेको भनिएको मेशिन चालु अवस्थामै भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका रेडियोलोजिस्ट डा. राजेन्द्र खनालले बताउनु भयो ।
“मेशिनले काम गर्छ,” । पहाडी क्षेत्रका जिल्ला अस्पतालहरूमा यहि मेशिन प्रयोग गर्दै आईरहेको रेडियोलोजिस्ट डाक्टर खनालले बताउनु भयो ।
जिल्ला अस्पतालका डाक्टरहरूले मेशिनले रिर्पोट राम्रो नदिने भदै निजी क्लीनिकमा एक्सरे गर्न आफूलाई पठाएको प्यूठान नपा — ७ की ४५ वर्षीया कमला थापाले बताउनु भयो ।
जिल्ला अस्पतालमा ५ सय रूपियाँमा हुने एक्सरे निजी क्लीनिकमा १ हजार रूपियाँमा गराउदा बिरामीहरू मर्कामा पर्दै आएको सर्वसाधारणले गुनासो गरेको स्थानिय दिलिप खडकाले बताउनु भयो ।
उक्त विषयका सम्बन्धमा बैठक बसी समस्याको तुरुन्त समाधान गर्ने जिल्ला अस्पताल विकास समितीका अध्यक्ष बिजयबिराज विष्टले बताउनु भयो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…