चार वर्षदेखि काम गरेको ज्याला नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी
विगत चार वर्षदेखि काम गरेको ज्याला नदिएको भन्दै स्थानीय कामदारले ०८० मङ्सिर ४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
नाम्खा गाउँपालिका–४ स्थित इलिङ डाँडामा ०७७ वैशाखमा महिनामा सडकको काम गरेको ज्याला हालसम्म नदिएको भन्दै आठ जना कामदारले ठेकेदार तेज बहादुर महत र असल शाहीविरुद्ध प्रशासनमा उजुरी दिनु परेको पीडित रमेश छत्यालले बताउनुभयो । उहाँका अनुसार चार वर्षदेखि काम गरेको ज्याला नपाउनेमा सिमकोट गाउँपालिका–७ स्थित धारापोरी गाउँका रविन्द्र शाही, तेज बहादुर शाही, रामचन्द्र सिंह, धनराशी सिंह, गणेश छत्याल र समझना सिंह लगायतका कामदार रहेका छन् ।
आफूहरुले दुई हप्ता काम गरेको कम्तीमा पनि प्रति व्यक्ति २० हजारका दरले १ लाख ६० हजार रुपियाँ पाउनु पर्ने हो तर हालसम्म एक रुपियाँ नदिएको अर्का स्थानीय कामदार रामचन्द्र सिंहले गुनासो गर्नुभयो ।
सो विषयमा ठेकेदारालाई झिकाएर दुबै पक्ष सँग छलफल गर्ने प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताउनुभयाे ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
१६ दिवसीय अभियानको अवसरमा र्याली तथा संवाद कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितताः महिला बालबालिकामा लगानीको ऐक्यवद्धताू भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसीय महिला हिंसा विरुद्धको अभियानको क्रममा…
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…