चार महिनादेखि खानेपानीको समस्या झेल्दै बड्डीज्यावनबासी
बुङ्गल नगरपालिका–६ बड्डीज्यावनबासी चार महिनादेखि खानेपानीको समस्या झेल्दै आएका छन ।
सोलार लिफ्टीङ् प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य उर्जामा समस्या आएको चार महिना वितिसक्दा समेत मर्मत नहुँदा गत माघ महिनादेखि गाउँमा खानेपानीको समस्या भएको हो ।
सौर्य उर्जा बिग्रिएर धारामा पानी आउन बन्द भएपछि स्थानीयहरु एक घण्टा पैदल हिडेर वेउर भन्ने ठाउँको पानी बोकेर पिउन बाध्य भएका छन् ।
सोलार लिफ्टीङ् प्रविधिबाट खानेपानी आयोजना निमार्ण भएको भएपनि घाम लागेकै दिनमात्र धारामा पानी आउने धेरैजसो बिग्रिरहने समस्या र सोलार लिफ्टीङ् प्रविधिबारे ज्ञान नहुँदा सामान्य बिग्रिए पनि आफूहरुले खानेपानीबाट वञ्चित हुनुपरेको स्थानीय हर्कबहादुर बोहराले गुनासो गर्नु भयो ।
खानेपानी आयोजनाको सौर्य उर्जामा समस्या आएर खानेपानी बन्द भएपछि दुःखका दिन सुरु भएको बड्डीज्यावनकी स्थानीय कलसी धामीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘ ६ परीवारका लागि एउटा धारा निर्माण गरीएको छ । तर, गाँउमा सबै धारा रित्ता छन् । धारामा पानी आउँदैन् । पानीको निकै अभाव छ । गाउँका २५ घरधुरीले चार महिनादेखि खानेपानीको अभाव झेल्नु परेको छ । सरसफाइको कुरै छोडौँ, खानेपानी पनि बोकेर ल्याउनु पर्ने बाध्यता रहेको छ ।’
खानेपानीको अभाव भएदेखि विद्यालयमा विद्यार्थीको उपस्थिति पनि न्यून हुने गरेको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक मानबहादुर बोहराले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘स्कुले केटाकेटीहरु पानी ल्याउन जान्छन । पानी बोक्दा बोक्दै स्कुलको घण्टी बज्छ । घण्टी लागेपछि विद्यार्थीहरु स्कुल आउदैनन् । शिक्षाको गुणस्तर खस्कीदै गएको छ ।’
पानी ल्याउनु पर्ने ठाँउमा मन्दिर हुँदा महिनावारी भएका महिलाहरुलाई समस्या भएको छ । पानी ल्याउने ठाउँ नजिकै बेउर देवताको मन्दिर भएकाले महिनावारी भएको बेला महिलालाई पानी ल्याउन समस्या हुने गरेको र महिनावारी हुँदा पानी नै नल्याई फर्किने गरेको स्थानीय नन्ता बोहराले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘देवताको मन्दिर परिसर भित्रबाट पानी ल्याउनु पर्ने भएकाले महिनावारी भएको बेला हामीले जान हुदैन् । कहिले काही पानी बोक्दा बोक्दै छोराछोरीको स्कुल पनि छुट्छ । गाउँमा पुरुष जति कमाईको लागि घर बाहिर जाने भएकाले अधिकांश घर परिवारमा महिला मात्रै हुन्छन ।’
बड्डीज्यावन सोलार लिफ्टीङ् खानेपानी योजना २०७७ सालमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा ३ किलोवाट क्षमताको सौर्य उर्जाबाट १ हजार ५ सय मिटर तलको खोलाबाट लिफ्टिङ् गरी गाउँमा सोलार लिफ्टिङ् प्रविधिबाट खानेपानी आयोजना निर्माण सम्पन्न गरेको थियो ।
लिफ्टीङ् खानेपानी बिग्रिदा पनि परियोजनाले नै मर्मतका लागि सहयोग गर्ने गरेको भएपनि गत असार महिनादेखि परियोजनाको कार्यअवधी सकिएको र आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै खानेपानी परियोजनाबाट सहयोग नहुँदा समस्या भएको स्थानीयले बताएका छन् ।
बड्डीज्यावन सोलार लिफ्टीङ् खानेपानी योजनाका अध्यक्ष कल्यान धामीले जिल्ला भित्र लिफ्ट प्रविधिसम्बन्धी ज्ञान भएको दक्ष प्राविधिक नभएपछि दक्ष प्राविधिक काठमाडौँबाट ल्याउनु पर्ने र आफूहरुसँग आर्थिक स्रोत नभएका कारण काठमाडौँबाट प्राविधिक ल्याउन नसकिएको बताउनु भयो ।
यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराएको भएपनि चार महिनासम्म कुनै निकायले पनि चासो नदेखाएको स्थानीयको गुनासो छ ।
बुंगल नगरपालिकाका प्रमुख जयबहादुर धामीले स्थानीयले भोग्नु परेको खानेपानीको समस्या समाधान गर्न तथा विग्रीएको सोलार लिफ्टीङ् मर्मतका लागि पहल भइरहेको बताउनु भयो ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…