चार महिनादेखि एम्बुलेन्स विग्रिएपछि बिरामीलाई सास्ती

शिवालय गाँउपालिकाको बिरामी बोक्ने एम्बुलेन्स चार महिनादेखि विग्रिएपछि बिरामीले सास्ती पाएका छन् । समयमा मर्मत सम्भार नगरेपछि उक्त एम्बुलेन्स हाल इलाका प्रहरी कार्यालयको चौरमा थन्किएको छ ।

पालिका भित्रका जटिल तथा गर्भवति सुत्केरीलाई समयमा सुविधा सम्पन्न अस्पतालमा पु¥याउन खरिद गरिएको एम्बुलेन्स मर्मत नगर्दा बिरामीले नीजि सवारी साधन प्रयोग गर्दै आएका छन् । भौगोलिक विकटता दुर्गम गाँउवस्तीका नागरिक बिरामी हुँदा गाडी नपाउने पाएपनि नीजि गाडीले महङ्गो भाँडा तिरेर अस्पताल लैजानु परेपछि शिलालयका नागरिकले दुख पाएका छन् ।

विग्रेको एम्बुलेन्स मर्मत नगर्दा गाँउवस्तीका नागरिक बिरामी पर्दा स्टेचरमा बोकेर स्वास्थ्य संस्था लैजान परेको शिवालय गाँउपालिका–३ का चुनीलाल नेगीले गुनासो गर्नुभयो । शिवालय गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बस्नेतले एम्बुलेन्स मर्मतका लागि धेरै बजेट लाग्ने भएपछि मर्मत गर्न नसकेको बताउनु भयो । अब छिटै नयाँ एम्वुलेन्स आउछ प्रमुख प्रशासकीय अधिकृत बस्नेतले आश्वासन दिनुभयो ।

ग्रामिण वस्तीका नागरिक बिरामी भएपछि गाँउपालिकाले भाँडा खर्च व्यहोर्ने गरेको शिवालय गाँउपालिका अध्यक्ष शेरबहादुर शाहीले बताउनु भयो । अध्यक्ष शाहीका अनुसार एम्बुलेन्स मर्मतका लागि धेरै खर्च लाग्ने भएपछि कर्णाली प्रदेश सरकारको १५ लाख, शिवालय गाँउपालिकको ५ लाख गरी जम्मा २० लाख बराबरको एम्बुलेन्स ल्याउने निर्णय भएको छ । केही दिनमा नयाँ एम्बुलेन्स आउने अध्यक्ष शाहीले बताउनु भयो ।
नागरिकलाई सहज रुपमा उपचार गर्न पाउनु पर्छ भन्ने मनसायले एम्बुलेन्स सेवाबाट बन्चित हुन नदिन स्थानीय सरकारले नीजि गाडीको भाँडा तिरेर बिरामीलाई स्वास्थ्य संस्था तथा सुविधा सम्पन्न अस्पताल पठाउने गरेको छ । शिवालय गाँउपालिका–३ का पदमी रावतले एम्बुलेन्स विग्रिएपछि नागरिकले समयमा स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गर्नु भयो । ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी तथा गर्भवति महिला, शारीरिक अपाङगता भएका व्यक्ति समस्यामा परेका छन् । पालिकाले बिरामी बोक्ने गाडीको भाडा तिर्ने भनेपनि पालिकाका सबै जनताले उक्त सेवा पाउन नसकेको स्थानीयबासी पदमी रावतले आरोप लगाउनु भएको छ ।

शिवालय गाउँपालिकाका सामान्य बिरामीको उपचार प्राथमिक स्वास्थ्य चौकीमा हुने गरेको छ भने जटिल खालका बिरामीलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत र नेपालगञ्ज लैजाने गरिएको छ ।

20240301Jajarkot


बासुदेव शर्मा