चार जना बालश्रमिकको उद्धार, उद्योग सञ्चालक दुई जना गिरफ्तार
बालश्रमको प्रयोग गरी यातना दिएर १७ घण्टा काममा लगाएको आरोपमा दुई उद्योग सञ्चालकलाई प्रहरीले गिरफ्तार गरेको छ ।
जिल्ला बाल कल्याण समिति भक्तपुर, महानगरीय प्रहरी वृत्त थिमि, सिविन र श्रम कार्यालय टेकुको संयुक्त टोलीले चार जना बालश्रमिकको उद्धार गरेका हुन् ।
सूर्यविनायक नपा-२ बालकोटमा सञ्चालित आर.के. कापी उद्योगको एउटा सटर भित्र तीन जना बालकलाई थुनेर दैनिक बिहान ६ बजेदेखि राति १० बजेसम्म १७ घण्टा काममा लगाएको आरोपमा उद्योग सञ्चालक मधेवन मत्थन पर्साका राजिव चौधरीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मध्यपुर थिमि नपाको शङ्खधर चोकमा रहेको विशाल माछा पसलमा दैनिक बिहान ६ बजेदेखि राति १० बजेसम्म एक जना बालकलाई १७ घण्टा काममा लगाउँदै आएको आरोपमा भारतको मोतिहारीका सन्तोष गुप्तालाई पनि सोही टोलीले गिरफ्तार गरेको हो ।
टोलीले कापी उद्योगमा काम गर्ने बालश्रमिकहरू भारतको मुजाफुर घरभएका १० वर्षीय शाहिल मोहम्मद, १२ वर्षीय इसाद मोहम्मद र ११ वर्षीय लड्डन मोहम्मदको उद्धार गरेको बाल हेल्पलाइन नेपालका संयोजक सागर भण्डारीले जानकारी दिए ।
त्यसैगरि टोलीले माछा पसलबाट भारत मोतिहारीका १२ वर्षीय मुन्नाज अन्सारीको उद्धार गरेको छ । अत्याधिक कामका कारण बालकहरूको हात खिइएको, बिरामी परेको र उनीहरूको बाल अधिकार चरम रूपमा हनन् भएको अवस्थामा उद्धार गरिएको उनले जानकारी दिए ।
जिल्ला बाल कल्याण समितिका सदस्य सचिव एवम् महिला तथा बालबालिका कार्यालय भक्तपुरकी प्रमुख नीला घिमिरेले गिरफ्तार गरिएकालाई श्रम ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने र उद्धार गरिएका बालश्रमिकलाई उनीहरूको परिवारसँग पुनर्मिलन गराउन पहल गरिने बताइन् ।
सविना केसी
सम्बन्धित समाचारहरू
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…
प्रहरीको लाठीचार्जबाट तीन जना घाइते
सोरु गाँउपालिकामा जेठ २० गतेदेखि शुरु भएको उपाध्यक्ष फुटबल कपमा भएको विवादको बारेमा जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा थप विवाद हुँदा २६ गते प्रहरीको लाठीचार्जबाट छाँयानाथ रारा नगरपालिका—४ का वडा…
नागरिकता विधेयक प्रकरणमा सर्वोच्चद्वारा अन्तरिम आदेशको निरन्तरता
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक कार्यन्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह र सुष्मालता माथेमाको संयुक्त इजलासले ०८०…