चामल माग्न हुम्ली जनता सिंहदरवार
काठमाडौँ सिंहदरवारमा प्रायः सबै जनप्रतिनिधि विकास बजेट माग्न जान्छन् । तर, विकट हिमाली जिल्ला हुम्लाका स्थानीयबासी बजेट होइन चामल माग्न असार १५ गते सिंहदरवार गएका छन् ।
सरकारले विकास निर्माणलाई स्थानीय तहमा प्रशस्त बजेट पठाए पनि प्रतिनिधि भने चामल नपठाएको भन्दै आक्रोशित भएका छन् । हुम्ली जनतालाई विकासभन्दा बिहान बेलुका छाक टार्न कसरी खाद्यान्न उपलब्ध गराउने भन्ने चिन्ता भएको छ । खडेरीले कृषि उत्पादनमा कमी भई खाद्यान्न अभाव भएपछि हुम्लाका जनप्रतिनिधि सरकारसँग चामल माग्न सिंहदरवार पुगेका हुन् ।
नेपाल खाद्य संस्थानले करिव पाँच महिनायता चामल नपठाएपछि हुम्ला सदरमुकाम सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । सडक नपुगेको हुम्ला सदरमुकाममा हवाईजहाजबाट खाद्यान्न ढुवानी गर्नुपर्छ ।
हुम्लाका जनप्रतिनिधिले चामल पठाउने व्यवस्था मिलाउन माग गर्दै आपूर्ति मन्त्रालयका उच्च अधिकारीको ध्यानाकर्षण गराए । खाद्यान्न नपाएपछि हुम्लाका जनता समस्यामा परेका छन् । सिंहदरवारमा पुगेका खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले भने-'जनतालाई भोकै मार्न दिनु भएन । त्यसैले चामल माग्न आएका हौँ ।' रावलका अनुसार विकास निर्माणका काममा ध्यान दिनु पर्ने भए पनि चामल पठाउन दबाव दिन सिंहदरवार जानु परेको बताए । जन्म, मृत्यु संस्कार सहित वृद्ध, बिरामी, सुत्केरीलाई खुवाउने चामल नभएपछि डेलिकेशन गर्न बाध्य भएको बताए । 'सुत्केरीलाई भात खुवाउने चामल छैन । हुम्लामा चामल लैजाने व्यवस्था नमिलाई गाउँ फर्किदैनौँ ।'-रावलले भने ।
'संविधानमा जनताको खान पाउने अधिकार छ ।'-सिमकोट गाउँपालिकाका प्रमुख पदमबहादुर लामाले भने-'जनता पाल्ने हाम्रो दायित्व हो । जनता मर्न नपरोस भनेर चामल लैजान आएका हौँ ।' खडेरीले खाद्यान्न कम उत्पादन हुँदा समस्या झेल्नु परेको लामाले बताए ।
लामासहित सिमकोट गाउँपालिकाकै उपप्रमुख बली रावत, नाम्खा गाउँपालिकाका प्रमुख विष्णु लामासहितको टोली सिंहदरवारमा पुगेको छ । उनीहरूले नेपाल खाद्य संस्थानका महाप्रवन्धक शिवहरि श्रेष्ठ र आपूर्ति मन्त्रालयका उच्च अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका छन् । खाद्यान्न अभावमा तीन गाउँ पालिकाका करीब २५ हजार जनता प्रभावित भएको डेलिकेशनमा बताइएको छ । विगतमा प्रमुख जिल्ला अधिकारीलाई चामल वितरणको कोटा सिफारिस गर्दै आएको भएपनि स्थानीय तह निर्वाचनपछि सो अधिकार जन प्रतिनिधिलाई हस्तान्तरण भएको छ । 'चामलमा तोक लगाईदिन भन्दै जनता आउँछन ।'-नाम्खा गाउँपालिका प्रमुख विष्णु लामाले भने-'जनतालाई रित्तै फर्काउनु पर्दा लाजमर्दो भएको छ ।'
हुम्लाका लागि सरकारले १० हजार क्विन्टल चामलको कोटा तोकेको छ । अन्य क्षेत्रमा चामल ढुवानी भए पनि सदरमुकाम सिमकोटसहित तीन गाविसमा अभाव भएको हो । तीन गाउँपालिकका लागि छुट्याएको ३ हजार ३ सय क्विन्टल चामल ढुवानी भएको छैन । हुम्लामा खाद्य संस्थानले विक्री गर्ने चामलको मूल्य ६० रुपियाँ र व्यापारीले ढुवानी गरेर लगेको एक सय ९० रुपियाँ किलो छ । संस्थानको चामलमा सरकारले ढुवानी अनुदान दिएकाले सस्तो परेको हो । सरकारले २३ जिल्लामा खाद्यान्न ढुवानीमा अनुदान दिदै आएको खाद्य संस्थानले जनायो । चामल ढुवानी गर्न बोलपत्र आह्वान गरे पनि भाडाको कारण देखाउँदै आवेदन नपर्दा ढुवानीमा ढिलाई भएको संस्थानले जनाएको छ ।
संस्थानले चामल ढुवानीका लागि नेपालगञ्जबाट प्रति किलो ८९ रुपियाँ र सुर्खेतबाट ७९ रुपियाँ भाडा तोकेको थियो । सो भाडामा हवाई कम्पनीले इच्छा नदेखाएपछि चामल ढुवानी हुन नसकेको आपूर्ति मन्त्रालयले जनाएको छ । हवाई कम्पनीले नेपालगञ्जबाट किलोको १ सय १५ रुपियाँ र सुर्खेतबाट १ सय ५ रुपियाँ निर्धारण गरे ढुवानी गर्न तयार रहेको सिमकोट गाउँपालिका उपप्रमुख वली रवतले बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…